कोरोना भाइरस – ईटालीमा १ करोड ६० लाखभन्दा बढी मानिस क्वारेण्टाइनमा


काठमाण्डौ  – कोरोना भाइरसको सङ्क्रमण तीव्र रुपमा फैलन थालेपछि ईटालीले झण्डै १ करोड ६० लाख मानिसलाई क्वारेण्टाइनमा राख्न थालेको छ ।

ईटालीकाे लोम्बाडीसहित उत्तरका ११ प्रान्त र पूर्वी क्षेत्रका मानिसलाई क्वारेण्टाइनमा राख्न लागिएको बीबीसीले जनाएको छ । उनीहरुलाई आउँदो अप्रिलसम्म अनिवार्य रुपमा क्वारेण्टाइनमा राखिने खबरमा उल्लेख छ । 

यस्तै मानिसको जमघट हुने सभा सम्मेलन, जीम, पूल, सङग्रहालय र स्की रिसोर्ट लगायतका क्षेत्रलाई अनिश्चित कालका लागि बन्द गरिएकाे छ । ईटालीमा गएको २४ घण्टामा ५० जनाको ज्यान गएपछि ज्यान गुमाउनेको संख्या २ सय ३० पुगेको छ । 

थप १२ सय सङ्क्रमित भेटिएपछि सङ्क्रमितको संख्या झण्डै ६ हजार पुगेको छ । 

Leave a Reply

Your email address will not be published.

Back to top button