कोरोनाको आशंकामा अस्पताल प्रवेश गर्नै दिइएन, बाहिरै राखेर निगरानी


हुम्ला, २४ फागुन । चीनको ताक्लाकोटबाट भागेर हुम्ला आएका सिमकोट गाउँपालिका–३ का नाम नखुलेका २७ वर्षीय युवकलाई बिहीबार बेलुका ७ बजे उनका आफन्तले सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पतालमा पु¥याए । तर युवकलाई उपचार गर्नुको सट्टा अस्पताल प्रवेश गर्नै नदिँदा बिरामी उनले खुला आकाशमुनि चिसाेमा ३ घण्टा बस्नुपर्यो ।

नाम्खा गाउँपालिकाको मुचुबाट दुई दिनको पैदल यात्रा गरी घोडामा चढाएर ल्याइएका ती बिरामीलाई जिल्ला अस्पतालमा उपचार गर्नुको सट्टा उपचार कक्षभित्रै प्रवेश गर्न नदिएको आफन्तले गुनासो गरेका छन् ।

बिहीबार बेलुका ७ बजे जिल्ला अस्पतालमा पु¥याएका बिरामीलाई ३ घण्टा भइसक्दा पनि जिल्ला अस्पतालका कर्मचारी र जिल्लाका सरोकावाला निकायले ध्यान नदिएको आफन्तले गुनासो गरे । मुचुमा राख्दा गिरिन हाउसमा राखेका थिए भने जिल्ला सदरमुकाममा विरामी चिसोले मर्न लाग्दा समेत भित्र जान नदिई बाहिर चउरमै राखेको र नाम्खा गाउँपालिकाको ल्याएका बिरामीलाई कोरोना भाइरस भएको प्रमाणित नहुदै जिल्ला अस्पतालमा उपचार गर्नुको सट्टा उपचार कक्षा भित्रनै प्रवेश गर्न नदिएको आफन्त दावा लामाले गुनासो गर्नुभएको छ । ७ वजे अस्पताल पुग्दा पनि रातीको १० वज्दा समेत प्राथमिक उपचार गर्नु त परै जावस, बस्ने बास समेत व्यवस्था नगर्दा आफन्त आक्रोसित भएका थिए ।

बिरामी चीनबाट भागेर आएकाले कोरोनाको संक्रमण नभएपनि १५ दिन सम्म छुट्टै निगरानिमा राख्नु पर्ने भएकाले जिल्ला अस्पतालमा बिरामीको चापले कोठा नहुदा कोठाको व्यवस्था गर्न समय लागेपछि केही समय बाहिर चउरमै बस्नुपरेको जिल्ला अस्पताल हुम्लाका डाक्टर नवीन रोकायाको तर्क छ । ‘हामीले बिरामीलाई रहरले बाहिर राखेको होईनौँ, बिरामी चीनबाट भागेर आएकाले कोरोनाको संक्रमण नभए पनि केही दिन निगरानीमा राख्नुपर्ने भएकाले समयमा कोठाको व्यवस्था गर्न नसकेर बाहिर चौरमा राख्नुपरेको हो,’ डा रोकायाले भन्नुभयो ।

चीनबाटै फैलिएको कोरोनाका कारण सबै तर्सित भएका हुनाले अस्पतालका बिरामीहरुसँग राख्दा तर्सित हुने र सम्भावित संक्रमण समेत हुनसक्ने प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले आफूहरुको जिम्मेवारी सुरक्षासँग मात्र जोडिएको बताउनुभयो ।

अहिले १५ सैयाको अस्पतालमा बिरामीको चाप धेरै भएकाले छुट्टै राखेर उपचार गरिएको थियो । हिउँले खाएर खुट्टा, शरीर र मुख सुन्निएकाले शुक्रबार नै बिरामीलाई थप उपचारका लागि नेपालगञ्जको भेरी अस्पतालमा रिफर गरिएको छ । बिरामी युवक ०७६ फागुन १५ गते चीनको ताक्लाकोट हुँदै हुम्लाको नाम्खा गाउँपालिका–५ को हिल्साबाट ४ हजार ३ सय मिटर अग्लो नारालेकको हिउँ छिचोल्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published.

Back to top button