कोरोना भाइरसबाट अमेरिकामा १७ को मृ’त्यु, तीन हजार प्रहरी आइसोलेसनमा


अमेरिका : कोरोना संक्रमणको आ’शंकामा चार अधिकृतसहित २,७७३ न्यूयोर्क प्रहरीलाई आ’इसोलेसनमा राखिएको छ । चीन, इटली, इरान, दक्षिण कोरिया, जापान लगायतका देशबाट फर्किएका प्रहरीहरुलाई आ’इसोलेसनमा राखिएको हो। अमेरिकाको न्यूयोर्क राज्य प्रहरीहरुलाई अहिले स्वास्थ्य विभागले परीक्षण गरिरहेको छ। स्वास्थ्य विभागले उनीहरुलाई १४ दिन अनिवार्य आइसोलेसनमा बस्न भनेको छ। न्युयोर्क राज्यका मेयर बिल ब्लाजिओले पत्रकार स’म्मेलन गरी न्युयोर्क सिटीमा कोरोना वि’रुद्ध ल’ड्न भइरहेका प्रयासबारे जानकारी दिएका छन्।

ब्लाजिओले न्युयोर्कबासीहरुलाई सामान्य सा’वधानी अपनाउन, हात धुन, खोक्दा वा हाँ’छ्यु गर्दा मुख छो’पेर गर्न, बि’रामी भएमा घरमै बस्न र ल’क्षणहरु देखिएमा चिकित्सकको स’ल्लाह ब’मोजिम गर्न आ’ग्रह गरेका छन्। यस्तै कोरोना भाइरस संक्रमणका कारण सं’भावित खतरालाई मध्यनजर गर्दै अमेरिकाको क्या’लिर्फोनिया र मेरिल्याण्ड राज्यमा आ’पतकाल घो’षणा गरिएको छ। कोरोनाको संक्रमणबाट हालसम्म अमेरिकामा १७ जनाको मृ’त्यु भइसकेको छ भने २२५ जनाभन्दा बढीमा संक्रमण भेटिएको पुष्टि भएको छ। अमेरिकामा हालसम्म १७ राज्यमा सं’क्रमण भेटिएको छ।

यसैगरी एक महिनाको अवधिमा विभिन्न देशबाट अमेरिका आउँदै गरेका ३४७ जनालाई अमेरिकाको पोर्ट अफ इ’न्ट्रीबाट फि’र्ता पठाइएको छ। २४१ जनालाई अमेरिकी विमानस्थल र स्थलसिमाबाट फि’र्ता पठाइएको छ भने १०६ जनालाई प्रि क्लि’यरेन्स पो’र्ट अफ इ’न्ट्रीबाट फि’र्ता पठाइएको हो। फेब्रुवरी २ देखि मार्च ३ सम्मको अ’वधिमा उनीहरुलाई फि’र्ता पठाइएको डि’पार्टमेन्ट अफ होम ल्याण्ड से’क्यूरिटीले जानकारी दिएको छ। अमेरिकी राष्ट्रपतिले चीन र इरानका नागरिकलाई अमेरिका प्र’वेशमा प्र’तिबन्ध लगाउने घो’षणा गरेपछि ती देशका भि’सावाहकलाई फिर्ता पठाइएको छ।

शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ८.३ बिलियन डलर आपतकालिन खर्च रकममा ह’स्ताक्षर गरेका छन्। कोरोना भाइरस संक्रमणका वि’रुद्ध ल’डन उक्त रकम विनियोजन गरिएको हो। ट्रम्प प्रशासनले कोरोना भाइरस नियन्त्रणका लागि उपराष्ट्रपति माइक पेन्सलाई प्रमुख नि’युक्त गरेको छ।

Leave a Reply

Your email address will not be published.

Back to top button