चट्याङ लागेर श्रीमान ज्यान गयो , श्रीमती घाइते


हेटौंडा, शनिबार बिहान वर्षा संगै परेको चट्याङ्ग लागेर मकवानपुरको भीमफेदीमा मा एक जनाको ज्यान गएको छ भने एक जना घाईते भएका छन् ।चट्याङ्ग लागेर ज्यान जानेमा भीमफेदी गाउँपालिका वडा नंबर ९ च्याउखोला बस्ने वर्ष २३ का विजय स्याङ्ताङ रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।यसैगरि घाईते हुनेमा निजको श्रीमती २२ वर्षीया सविता स्याङ्ताङ रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । घाईते सविता स्याङ्ताङको उपचार भईरहेको प्रहरीले जनाएको छ ।

जिल्लाको पहाडी क्षेत्रमा अत्यधिक मात्रामा चट्याङका घटना हुने गर्दछ । सरकारी तथा गैह्र सरकारी निकायको चेतना मुलक कार्यक्रम एवम् चट्याङ प्रतिरोधी उपकरण जडानका कारण पछिल्ला वर्षमा चट्याङबाट हुने मृत्युदरमा कमी आएको भएतापनि चट्याङका कारण मानवीय तथा अन्य क्षति हुने जिल्लामध्ये मकवानपुर अग्रपङ्क्तिमै रहेको पाइन्छ । चट्याङका कारण यस जिल्लामा एक वर्षमा ५०-६० जनासम्मको मृत्यु हुने गरेको तथ्याङ्क छ ।

Leave a Reply

Your email address will not be published.

Back to top button