विवाहित पुरुषसँग मायाप्रेम नगर्नु भन्दै यी चर्चित अभिनेत्रीले सुनाइन आफ्नो पिडा

काठमाडौं । चर्चित बलिउड अभिनेत्री नीना गुप्ताको कुराले सबैलाई आश्चर्यमा पारेको छ । उनी सल्लाह दिन्छिन् कि केटीहरूले विवाहित मानिससँग प्रेम गर्नु हुँदैन । विवाहित पुरुषसँगको सम्बन्धबारे आफुले भोगेको भन्दै अरुलाई त्यस्तो गल्ती नगर्न उनको सुझाव छ । ६० बर्षे अभिनेत्रीले मुक्तेश्वर (उत्तराखंड) बाट एक भिडियो साझा गरिन् ।उनले विवाहित पुरुषहरूसँग प्रेममा रहेका केटीहरू पुरुष आफ्नी श्रीमतीबाट अलग बस्न अस्वीकार गर्दा छोडेर जान बाध्य हुन्छन् भन्ने कुरा चर्चा गरेकी छिन्। उनले विवाहति पुरुषहरुले केटीहरुलाई वस्तुका रुपमा प्रयोग मात्रै गर्ने गरेको बताएकी छिन् ।
नीना भिडियोमा भनिरहेकी छिन, ‘साँच्चै भन्ने हो भने म तपाईंलाई केही यस्ता डायलग (संवाद) सुनाउँछु जुन तपाईंमध्ये कतिले पहिले धेरैपटक सुन्नुभएको पनि होला । उनले मलाई उनी र उनकी श्रीमती एक अर्कालाई मन पराउँदैनन् त्यसकारण चाँडै नै अलग्गिँदै छन् भन्छन् । यस्तोमा तपाईं एक विवाहित व्यक्तिसँगको प्रेममा पर्नुहुनेछ । तपाईं उनलाई श्रीमतीसँग अलग्गिन भन्नुहुनेछ तर उनले भन्छन्, ‘नाई…बच्चा छन् । हेरौं पछि के हुन्छ ।’ ‘तपाईंलाई उनीसँग ठूलो आशा हुन्छ । तपाईंलाई उसँग बिदा मनाउन पनि जान मनलाग्छ ।
उनलाई समस्या हुन्छ किनभने घरबाट के भनेर निस्कने । त्यसपछि उनले झुटो बोल्छन् ।’‘त्यसपछि तपाईंलाई उनीसँग रात बिताउन मन लाग्छ । तपाईंले उनलाई दबाब दिन थालेपछि उनले होटल वा कुनै स्थान खोजेर तपाईंसँग रात बिताउनेछन् ।’ ‘पछि तपाईं उनीसँग थप रात बिताउन चाहनुहुन्छ । अन्त्यमा तपाईं उनीसँग विवाह गर्न चाहनुहुन्छ र तपाईंले उनलाई श्रीमतीसँग सम्बन्धविच्छेदका लागि दबाब दिइरहनुहुनेछ ।’ ‘त्यसपछि उनले थोरै प्रतिक्षा गर्न भन्छन् । त्यति सजिलो हुँदैन । सम्पत्ति छ । बैंक अकाउन्ट छन्, धेरै कुरा हुन्छन् भन्छन् ।
त्यसपछि तपाईं तनावमा पर्न थाल्नु हुनेछ ।’‘कतिपटक त तपाईंलाई उनकी श्रीमतीलाई फोन गरेर उनको बानी बारे भनिदिन मन पनि लाग्छ । अन्त्यमा यो यति जटिल हुन्छ कि ती व्यक्तिले पनि सोच्छन् कि अब यस्तो जटिल परिस्थितीमा पर्दिनँ ।’ ‘त्यसपछि उनले तपाईंलाई आफ्नो जीवनबाट बाहिरिन भन्छन् । त्यसैले साँचो भन्ने हो भने कहिले पनि विवाहित व्यक्तिसँगको प्रेममा नपर्नुहोस् । मैले यस्तो गरेको छु । म चिन्तित भएकी छु । त्यसकारण मैले तपाईंलाई यो सब भनिरहेकी छु । यस्तो जञ्जालमा पर्ने कोसिस नगर्नुहोस् ।’
महत्त्वपूर्ण कुरा, नीना गुप्ता ८० को दशकमा पूर्व पश्चिम भारतीय क्रिकेटर भिभियन रिचर्डसँग सम्बन्धमा थिइन् । तर उनीहरुले विवाह गरेनन् । ती दुबैको एक छोरी मसाबा छ, जसलाई नीनाले एकल अभिभावकको रूपमा हुर्काएकी छिन् । मुम्बई मिररसँग कुराकानीमा उनले भनिन्, ‘यदि मैले आफ्नो गल्ती सुधार्ने मौका पाएको भए म विवाह नगरी आमा बन्ने थिइनँ । हरेक बच्चालाई आमा बुबा दुवै चाहिन्छ । म मसाबाप्रति इमानदार थिएँ । हाम्रो कारण सम्बन्ध प्रभावित भएन । तर मलाई थाहा छ उसले यात्रा गर्यो ।’ मसाबा एक फैशन डिजाइनर थिए ।