भयंकर दुर्घटना: स्पीडमा थियो दुबै तर्फको मोटरसाईकल, बीचमै बस आएपछि…


जनकपुरधाम । तीव्र गतिमा रहेको दुई मोटरसाईकलको बीचमा बस आएपछि गम्भिर दुर्घटना भएको छ । धनुषाको कमला नगरपालिका वडा नं. २ माचि झिटकैया र सराबे टोलको बीचमा मोटरसाईकल दुर्घटना हुँदा दुई जना गम्भिर घाईते भएका छन् । कमला नगरपालिका वडा नं. २ को हुलाकी सडकमै तीव्र गतिमा माचि टोल तर्फ गईरहेको ना ६२ प १४०६ नम्बरको टिभिएस स्ट्राईकर मोटरसाईकलमा सवार वडा सचिव र माचि टोलबाट सराबे तर्फ आईरहेको ज ७ प ९८०४ नम्बरको मोटरसाईकलमा सवार स्थानीय एक युवक गम्भिर घाईते भएका हुन् ।

घाईते हुनेहरुमा कमला नगरपालिका वडा नं. ४ बल्हा सघारामा कार्यरत वडा सचिव अन्दाजी बर्ष ४० का राम एकवाल मण्डल र कमला नपा २ सराबे बस्ने मोहन साह हलुवाईको अन्दाजी बर्ष ३२ का छोरा सनिचर साह हलुवाई रहेका छन् ।शुक्रबार विहान करिब १०ः३० बजेको समयमा औरही गाउँपालिकाको मोरहा रुदौली स्थायी घर भई कमला नपामा वडा सचिवको रुपमा कार्यरत मण्डलको मोटरसाईकल र सनिचर साहको मोटरसाईकल जुधेको थियो । प्रत्यदर्शीहरुका अनुसार, सनिचर साहको मोटरसाईकल माचि टोलबाट तीव्र गतिमा आईरहेको तथा सराबे तर्फबाट सचिव मण्डल समेत गईरहेका थिए ।

बीचमा बस आएपछि बसलाई जोगाउने क्रममा दुवै मोटरसाईकल ठोक्किएपछि दुर्घटना भएको हो ।सो दुर्घटनामा परि सनिचर र सचिव गम्भिर घाईते भएका हुन् ।तत्कालै उनीहरुलाई एम्बुलेन्स मार्फत प्रादेशिक अस्पताल जनकपुर पुरयाईएको जनाइएको छ। सनिचर को टाउकोमा गम्भिर चोट लागेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published.

Back to top button