बिस्कुटी खोल्सामा मिनी ट्रक दुर्घटना हुँदा २ को ज्यान गयो


काभ्रे, २३ फागुन । काभ्रेको मण्डनदेउपुर नगरपालिका–१२ बिस्कुटी खोल्सामा बालुवा बोकेको मिनीट्रक दुर्घटना हुँदा २ को ज्यान गएको छ ।

ठूल्दीबेसीबगरबाट रामपुर ज्यादीतर्फ बालुवा लिएर जाँदै गरेको बा ३ ख ७१२१ नम्बरको मिनीट्रक दुर्घटना हुदा २ को घटनास्थलमै ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाका अनुसार भित्री कच्ची सडकखण्डमा ब्याक गरी फर्काउने क्रममा शुक्रबार सडकबाट करीब तीन सय मिटर तल खस्दा दुर्घटना भएको हो ।

काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–१२ का २१ वर्षीय चालक रोशन ठकुरी र सोही स्थानका १६ वर्षीय सह–चालक दीलिप ठकुरीको घटनास्थलमै ज्यान गएको हो ।

उक्त दुर्घटना स्थलमा प्रहरी चौकी दोलालघाट र हिंगुवापाटीको टोली परिचान गरिएको बताइएको छ ।

तस्वीर : सोसल मिडिया

Leave a Reply

Your email address will not be published.

Back to top button