कोरोनाका कारण बेलायतमा १ जनाको मृत्यु


काठमाडौं- कोरोना भाइरसको सङ्क्रमणबाट बेलायतमा पहिलो एक व्यक्तिको ज्यान गएको छ ।

कोरोना भाइरसको सङ्क्रमण देखिएपछि उपचार गराइरहेकी एक ७० वर्षीया महिलाको ज्यान गएको बेलायतका स्वास्थ्य अधिकारीहरुले पुष्टि गरेका छन् ।

गएको बुधबार कोरोनाको सङ्क्रमण पाइएपछि ती महिला अस्पताल भर्ना भएकी थिइन् । रोयल बर्कशायर अस्पतालमा उपचार गराइरहेकी ती महिला बेलायतमै हुँदा सङ्क्रमित भएको बेलायतका प्रमुख चिकित्सा सल्लाहकार प्राध्यापक क्रिक व्हिट्टीले बताए ।

बेलायतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक सय १६ पुगेको छ । पछिल्लो २४ घण्टामा ३० जनाभन्दा बढीमा सङ्क्रमण देखिएको हो । सांकेतिक तस्बिर

Leave a Reply

Your email address will not be published.

Back to top button