फेरी संक्रमितको संख्याले रेकर्ड बनाउन थाल्यो, एकैदिन ४२ जनाको मृत्यु


काठमाडौ । फेरी नेपालमा संक्रमितको संख्या उकालो लाग्दै छ । दिनहुँ संक्रमितको संख्या थपिदै जान थालेका छन् । अघिल्लो दिनको तुलनामा अर्का दिन संक्रमितको संख्या उल्लेख्य मात्रामा बढ्न थालेको हो ।

पछिल्लो २४ घन्टामा थप ३४ सय ३ जनामा संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा ११ हजार ८३९ नमूनाको पीसीआर परीक्षणमा २ हजार ६१३ जनामा र ४ हजार ९९९ नमूनाको एन्टिजेन परीक्षणमा ७९० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै बुधबार कोरोनाबाट थप ४२ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार २१ सय ४ जना संक्रमणमुक्त भएका छन्। हाल सक्रिय संक्रमितको संख्या ४० हजार ३३८ पुगेको छ।

यस्तै २४ घण्टामा काठमाडौं उपत्यकामा ९९३ जना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ७११, ललितपुरमा १६० र भक्तपुरमा १२२ जना संक्रमित भेटिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close