१० दिन सबै विद्यालय बन्द गर्ने सरकारको निर्णय


काठमाडौं । इटली सरकारले देशका सबै विद्यालय १० दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । कोभिड–१९ अर्थात कोरोना भाइरसको संक्रमण बढेपछि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।चीनको हुवान प्रान्तबाट फैलिएको कोभिड–१९ अर्थात कोरोना भाइरसका कारण इटलीमा हालसम्म एक सय ७ जनाको मृत्यु भइसकेको छ । यूरोपेली मुलुकमा सबैभन्दा धेरै कोरोना भाइरसबाट इटीलमा मृत्यु भएको बिबिसीले जनाएको छ । कोरोना भाइरसका कारण इटालीको स्वास्थ्य अवस्थामा गम्भीर चुनौति थपिएको प्रधानमन्त्री ग्यासोप क्वान्टले जनाएका छन् ।

इटीलीको उत्तरी प्रान्त मिलानमा ३ हजार भन्दा बढीमा भाइरसको संक्रमण देखिएको इटली सरकारले पुष्टी गरेको छ ।मिलान क्वारेन्टाइन केन्द्रमा संक्रमीतको संख्या द्रुत र अप्रत्यासितरुपमा बडेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । कोरोना भाइरसका कारण विश्वभर ३ हजार २ सयको मृत्यु भएको छ भने ९० हजार भन्दा बढीमा भाइरसको संक्रमण देखिएको छ । कोभिड–१९ को संक्रमण बडेसंगै इटलिएको कारण अर्थतन्त्रमा नकारात्म असर परेको छ ।

Leave a Reply

Your email address will not be published.

Back to top button