डाक्टरले घर पठाइदिएका युवाको कोरोनाभाइरसले ज्यान गयो


एजेन्सी, चीनमा अस्पतालबाट उपचार गरेर घर फर्किएकाहरूमा पनि कोरोनाभाइरस फेरि देखिन थालेको छ। पछिल्लो समय एक जना युवाको अस्पतालले घर पठाएको पाँच दिनपछि उक्त भाइरसका कारण ज्यान गएको छ। वुहानका एक जना ३६ वर्षीय पुरूष कोरोनाको संक्रमण देखिएपछि फेब्रुअरी १२ मा अस्पताल पुगेका थिए। कोरोनाका बि’रामी जाँच्नका लागि बनाइएको उक्त अस्पतालमा दुई साता उपचार गरेपछि उनलाई डाक्टरहरूले डि’स्चार्ज गरिदिए। उनलाई १४ दिनसम्म क्वारेन्टाइनमा बस्न पनि भने।

मे’ई थरकी उनकी पत्नीले एक स्थानीय पत्रिकालाई अस्पतालबाट फर्किएको दुई दिनपछि आफ्ना पतिलाई अ’प्ठेरो हुन थालेको बताएकी छन्। मार्च २ मा उनी सि’किस्तै बि’रामी परे। उनलाई तत्काल अस्पताल लगियो। तर त्यही दिन दिउँसो डाक्टरहरूले उनलाई मृ’त घो’षणा गरे। वुहान स्वास्थ्य आयोगले जा’री गरेको मृ’त्यु प्रमाणपत्रमा उनको मृ’त्युको कारण को’भिड-१९ भएको उल्लेख छ। वुहानको फा’ङसाङ अस्पतालले बुधबार एउटा आ’पतकालीन सू’चना जा’री गर्दै उपचार गरेर गएकाहरू फेरि बि’रामी भएर आउन थालेको बताएको छ।

बिहीबारदेखि डि’स्चार्ज गर्नुअघि बि’रामी पूर्ण नि’को भए कि भएनन् भनेर ए’न्टिबडी प’रीक्षण गर्ने अस्पतालले जनाएको छ। यसैबीचमा चीनमा बुधबार कोरोनाबाट ३१ जनाले ज्यान गु’माएका छन् भने १ सय ३९ जनामा नयाँ बि’रामी फेला परेका छन्। नयाँ सं’क्रमित भेटिन क्रम मंगलबारभन्दा केही बढेको छ। मंगलबार चीनमा १ सय १९ जनामा संक्रमण देखिएको थियो। गत डिसेम्बरदेखि वुहानबाट फै’लिएको कोभिड-१९ नाम दिइएको कोरोनाभाइरस अहिले ८५ देशमा फै’लिएको छ। अहिलेसम्म यो भाइरसका कारण ३ हजार २ सय ८३ जनाले ज्यान गु’माएका छन् ।

Leave a Reply

Your email address will not be published.

Back to top button