भोलि फागुन २३ गते शैक्षिक हड्तालको घोषणा !

काठमाडौंः नेकपा (क्रान्तिकारी माओवादी)निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले एक दिने शैक्षिक हड्तालको घोषणा गरेको छ ।अखिल क्रान्तिकारीले एक विज्ञप्ति जारी गर्दै फागुन २३ गते अर्थात शुक्रबार एक दिन देशभर शैक्षिक हड्तालको घोषणा गरेको हो । बिद्यार्थी जागरण तथा संगठन बिस्तार अभियानको क्रममा संगठनका अध्यक्ष्य हरिकृष्ण गजुरेल र उपाध्यक्ष शिलु न्यौपानेलाई बुढानिलकण्ठबाट गिरफ्तार गरि झुटो मुद्दा लगाई नियोजित रुपमा फसाउन खोजिएको र बिना सर्त रिहाइको माग गर्दैछौ बिज्ञप्तिमा भनिएको छ ।
उता अखिल (क्रान्तिकारी) कालिका मानवज्ञान माविको एकाइ सम्मेलन बुधबार भव्यतापूर्वक सम्पन्न भएको छ । सम्मेलनले अनमोल न्यौपानेलाई अध्यक्षमा निर्वाचित गरेको छ । न्यौपानेको अध्यक्षतामा १५ सदस्यीय मूल एकाइ समिति निर्वाचित भएको हो ।कार्यक्रममा प्रमुख अतिथि युवा सङ्गठन नेपाल लुम्बिनी ब्युरो संयोजक विश्लेषण, अतिथिहरू अखिल (क्रान्तिकारी) रुपन्देही अध्यक्ष गोपाल रोका, अखिल (क्रान्तिकारी) बुटवल उपमहानगर उपाध्यक्ष पवन ज्ञवाली, बुटवल बहुमुखी क्याम्पस समितिको अध्यक्ष देव भट्टराई लगायतको उपस्थिति थियो ।
