गोरखामा ४० विद्यार्थी बि’रामी, रुघाँखोकी संगै घाँटी र छात्ती दु’ख्ने


गोरखा । गोरखाको अजिरकोट गाउँपालिका–२ खरिबोटको प्रभा माध्यमिक विद्यालयका ४० भन्दा बढी विद्यार्थीमा भाइरल ज्वरोको सं’क्रमण देखिएको छ ।उनीहरुमा रुघा लाग्ने, घाँटी दुख्ने, ज्वरो आउने जस्ता स’मस्या देखिएको विद्यालयका सहायक प्रधानाध्यापक सुरेन्द्र राज धितालले बताए ।प्रधानाध्यापक धितालका अनुसार कक्षा ६-८ का विद्यार्थीमा यस्तो समस्या बढी देखिएको छ । ‘करिब १०/१२ दिन भयो स’मस्या देखिएको,’ उनले भने, ‘तर गत सोमबारबाट भने अलि बढीनै रुपमा फै’लियो ।’सूचना पाएसँगै स्कुलमै पुगेर विद्यार्थीहरुको उपचार गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुरेश दवाडीले बताए ।

‘हामीले मंगलबार मात्रै जानकारी पायौं, थाहा पाएलगत्तै विद्यालयमै पुगेर उपचार समेत गर्‍यौ,’ उनले भने ।दवाडीका अनुसार विद्यार्थीमा ज्वरो आउने, रुघाँखोकी लाग्ने तथा घाँटी र छात्ती दु’ख्ने स’मस्या देखिएको हो ।‘भाइरल ज्वरोको ल’क्षण हो यो, त्यसैले आ’त्तिन पर्ने केही छैन, सरसफाइ र खानपानमा ध्यान दिए पुग्छ,’ उनले भने ।स’रुवा रो’ग भएकाले पनि धेरैमा यो स’मस्या देखिएको दवाडीले बताए । साविकको खरिबोट गाविसको खिम्पु, ओलाङ र अपुनका बालबालिकामा यो समस्या बढी देखिएको उनको भनाइ छ ।झो’लिलो खानेकुरा खान र सरसफाइमा ध्यान दिन उनले सु’झाव दिएका छन् ।

Leave a Reply

Your email address will not be published.

Back to top button