दक्षिण कोरियामा कोरोना भाइरसको उपचार पश्चात निको भै घर फर्किनेको संख्या ह्वातै बढ्यो


काठमान्डौ, दक्षिण कोरियामा महामारीको रुप लिएको कोरोना भाइरस बाट संक्रमित हुनेको संख्या दैनिक रुपमा बढेको छ । कोरिया रोग नियन्त्रण केन्द्रले प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार बिहिबार साँझ सम्म भाइरस संक्रमितको संख्या ६ हजार ८८ पुगेको छ ।यधपी भाइरस संक्रमणको प्रकोप बढेतापनि उपचार पश्चात निको भै घर फर्किनेको संख्यामा समेत बृद्वी भएको छ । केहि केहिदीन देखि स्थिर जस्तै रहेको निको हुनेको संख्या बिहिबार ह्वातै बढेको कोरिया रोग नियन्त्रण केन्द्रले जनाएको छ ।

बिहिबार मात्र ४७ जना सफल उपचार पश्चात अस्पतालबाट डिस्चार्ज भएका छन् ।हाल सम्म दक्षिण कोरियामा कोरोना भाइरस निको भै अस्पताल बाट डिस्चार्ज हुनेको संख्या ८८ पुगेको छ भने मृत्यु हुनेको संख्या ४२ छ ।उक्त भाइरस बाट मृत्यु हुनेमा अधिकांस बृद्व उमेरका तथा दिर्घ रोगि रहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।कोरियन अनलाइनको सहयोगमा

यो पनि पढ्नुहोस

इजरायल भित्रियो ‘नमस्कार गर्ने नेपाली संस्कार’ !

काठमाडौं, नोबेल कोरोना भाइरस(कोभिड–१९) को सम्भावित जोखिमलाई मध्यनजर गर्दै चिकित्सकले संक्रमण फैलन नदिन ‘हात नमिलाउने तथा नमस्कार गर्ने’ बानी बसाल्न सुझाव दिएका छन् । चीनबाट फैलिएको यो भाइरस अहिले विश्वका ८० भन्दा बढी मुलुकमा फैलिएको छ । नेपाल पनि उच्च जोखिममा रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएसँगै यसप्रति सचेत रहन चिकित्सकहरुले सुझाव दिएका छन् ।ज्वरो आउने, हाछ्यूँ आउने र श्वासप्रश्वासमा समस्या देखिने भाइरसका कारण मानिसको ज्या’न जान सकिने भएकाले विशेष सतर्कता आउन चिकित्सकले सुझाव दिएका हुन् ।

इजरायल पनि कोरोनाको सं’क्रमण फैलिन नदिन उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आम मानिसहरुलाई हात नमिलाउन र नमस्कार गर्न आग्रह गरेका छन् ।इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बुधबार पत्रकार सम्मेलनको क्रममा स्पष्टसँग उच्चाहरण गर्दै नमस्कार गर्ने सं’स्कृतिको विकास गर्न आग्रह गरेसँगै ‘नमस्कार संस्कार’ले इजरायल प्रवेश गरेको हो। नयाँ मानिस भेट्दा होस् या सम्मानित व्यक्ति भेट्दा ‘नम स्कार’ गर्ने चलन रहेको छ ।

Leave a Reply

Your email address will not be published.

Back to top button