कोरोनाबाट स्पेनमा दुईजनाको मृत्यु


एजेन्सी, २२ फागुन । विश्वभर महामारीको रुपमा फैलिरहेको नोभेल कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट स्पेनमा अर्का एकजनाको पनि मृत्यु भएको छ ।

न्युमोनियाबाट समेत संक्रमित भएका ८२ वर्षीय वृद्धको मृत्यु भएको स्पेनको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

यसअघि कोरोनाकै कारण एकजनाको मृत्यु भएको बुधबार पुष्टि भएको थियो । फेब्रुअरी १३ मा मृत्यु भएका ती नागरिक नेपाल घुमेर फर्किएको स्पेनी सञ्‍चारमाध्यमले जनाएका थिए । हालसम्म स्पेनमा २१९ जना संक्रमित भएको जनाइएको छ ।

विश्वभर कोरोनाबाट तीन हजार दुई सयभन्दा बढीको मृत्यु भएको छ भने ९५ हजारभन्दा बढीको संक्रमित छन् । सीएनएन

Leave a Reply

Your email address will not be published.

Back to top button