माफी माग्दै कट्रिनाको पाउ किन छोए कार्तिक आर्यनले ? तस्बिर सामाजिक सञ्जालमा भाइरल


एजेन्सी । नायक कार्तिक आर्यनले नायीका कट्रिना कैफको पाउ छोएको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनले अभिनय गरेको पछिल्लो चलचित्र लभ आजकल त्यती चलेको छैन । तर उनी पछिल्लो समय चर्चामा रहेका नायक बन्न सफल भएका छन् । उनको पछिल्लो चलचित्र लभ आजकलले सोचेजस्तो सफलता पाउन भने सकेन । चलचित्र असफल भएपनि उनको चर्चामा कमी आएको छैन् । उनी निरन्तर चलचित्रमा काम गरिरेहका छन् ।

कार्तिक अवार्ड समारोहदेखि विभिन्न कार्यक्रमहरुमा पनि सहभागीता जनाउन पुग्छन् । यस्तैमा बुधबार उनी आइफा अवार्डको पत्रकार सम्मेलनमा पुगेका थिए । तर समय भन्दा केही ढिलो हुन पुग्यो । सोही कार्यक्रममा नायिका कट्रिना कैफ पनि उपस्थित थिइन् । कार्यक्रमको निर्धारित समय भन्दा कार्तिक केही समय ढिला भएका कारण उनि अघि नै कट्रिना भने पुगिसकेकी थिइन् ।

कार्तिक पुग्नसाथ उनलाई स्टेजमा बोलाइयो । कार्तिक स्टेज चड्नुअघि नै कट्रिना स्टेज पुगिसकेकी थिइन् । स्टेज पुग्नसाथ कार्तिकले झुकेर कट्रिनाको पाउ छोए र आफू ढिला भएको भन्दै माफी मागे । आफू ढिला भएको भन्दै उनले उठ बस पनि गरे ।

आफूले गल्ती गरेको भन्दै उनले भने, ‘पहिला रणवीर सिंहले सबैको पाउ छोएर माफी माग्नुहुन्थ्यो । आज म ढिला भएको छु । त्यसैले माफी चाहान्छु ।’ अहिले कार्तिकले कट्रिनाको पाउ छोएको तस्विर र भिडियो निकै भाइरल भइरहेको छ । तस्बिर हेरेर समर्थकले निकै धेरै प्रतिकृया जनाएका छन् ।

‘मिस वल्ड २०१९’ की विजेता टोनीएन नेपालमा
काठमाडौं । संस्कृति, पर्यटन र उड्यन मन्त्रालयको निमन्त्रणामा ‘मिस वल्ड २०१९’की विजेता टोनी–एन सिंह बिहिबार नेपाल आइपुगेकी छन् । तीन दिने भ्रमणमा नेपाल आएकी सिंहसँग मिस वल्र्ड आयोजकका अध्यक्ष जुलिया मार्ले र निर्देशक स्टिभ डग्लससमेत सहभागी रहेका छन् ।

गत जनवरीमा मिस नेपाल आयोजक हिडेन ट्रेजरले जुलिया मोर्ले र मिस वल्र्ड विजेतालाई नेपाल भ्रमणको निमन्त्रणा दिएको थियो । उनलाई स्वागत गर्ने एयरपोर्टमा मिस नेपाल अुष्का श्रेष्ठ लगायत पुगेका थिए ।

नेपाल भ्रमणको यो टोलीले मिस वल्र्डमा ‘विउटी उथ पर्पोज’ जितेको भिडियोमा देखाइएको मकवानपुर र सिन्धुपाल्चोक जिल्ला भ्रमण गर्नुका साथै मिस वल्ड नेपालमा आयोजना सम्भाब्यको बिषयमा अध्यायन समेत गर्नेछ ।

दुई संस्थाबीच २३ वर्षदेखिको सुमधुर सम्बन्ध रहदैं आएकोमा अहिले आएर पहिलो पटक मिस वल्र्ड अर्गनाइजेसनका अध्यक्ष तथा मिस वल्र्डले नेपाल भ्रमणमा आएका हुन् ।

Leave a Reply

Your email address will not be published.

Back to top button