जिप दुर्घटनामा सचिवको मृत्यू, धार्चे गाउँपालिका उपाध्यक्ष सहित ७ घाईते


गोरखा, गोरखाको आरुघाट गाउँपालिका १ झोर्चेमा बोलेरो जिप दु’र्घटना हुँदा एक जनाको मृ’त्यू भएको छ भने ७ जना घा’ईते भएका छन् । बा १ च ५५०५ नम्बरको जिप दु’र्घटना हुँदा धार्चे गाउँपालिका ६ का वडा सचिव किरण रिमालको घ’टनास्थलमै मृ’त्यू भएको छ ।समान्य वर्षात भएको र रातको समयमा उकालो कच्ची सडकमा जिप मोडमा चि’प्लिएको अनुमान प्रहरीको छ । बुधवार राती ९ः३० बजे सडकबाट करिब दुई सय मिटर तल जिप खसेको छ । जिप चालक धार्चे गाउँपालिका केरोँजाका बालचन्द्र गुरुङको अवस्था ग’म्भिर छ ।

अन्य घा’ईतेको अवस्था ख’तरामुक्त रहेपनि सबैलाई शरीरको बिभिन्न ठाउँमा चो’ट लागेको । दु’र्घटनामा धार्चे गाउँपालिका उपाध्यक्ष फुलमाया गुरुङ सहित निसा गुरुङ, बालचन्द्र गुरुङ, धनबहादुर गुरुङ, टेयरसिंङ गुरुङ, सुरज नेपाल र सर्मिला गुरुङ घाईते भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले बताए । घा’ईते लाई हेलिकप्टरबाट थप उपचारका लागि काठमाण्डौँ लैजाने तयारी भईरहेको प्रहरी प्रमुख एसपी अधिकारीले बताए ।धार्चे गाउँपालिका ६ कासिगाउँमा जेष्ठ नगारिक, अ’पाङ्गता परिचय पत्र बितरण कार्यक्रममका लागि गाउँपालिका उपाध्यक्ष सहित ज’नप्रतिनिधी र कर्मचारीको टो’ली त्यसतर्फ गएको थियो ।

Leave a Reply

Your email address will not be published.

Back to top button