जन्ती लिएर फर्कंदै गरेको बस दुर्घटना : ४ को मृत्यु, बेहुला-बेहुलीसहित ५२ घाइते


मकवानपुर, २२ फागुन । मकवानपुरको गढी गाउँपालिका वडा नम्बर २, शिखरकटेरीमा जन्ती लिएर फर्कदै गरेको बस दुर्घटना भएको छ । हिजो साँझ भएको सो दुर्घटनामा ४ जनाको ज्यान गएको छ भने ५२ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार दुर्घटनामा ३५ वर्षीय सोमबहादुर रुम्बा, २८ वर्षीय सोमबहादुर माेक्तान र नाम नखुलेका एक पुरुषकाे मृत्यु भएकाे जनाइएको छ । थप एक जनाको उपचारका क्रममा ज्यान गएको हाे । हेटौंडामा उपचार सम्भव नभएकोले सुरज नामका एक घाइतेलाइ चितवन लगिएको थियो । उनकाे उपचारकै क्रममा निधन भएकाे जनाइएकाे छ ।

जीतपुर भञ्ज्याङ्ग, लेनडाँडाबाट गढी वडा नम्बर ७ को सुकौराका लागि हिडेको ना. ३ ख ३५५६ नम्बरको बस ओरालोमा ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ ।

बेहुला-बेहुलीसहित अन्य घाईतेहरुको हेटौंडा जिल्ला अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । बस चालक भने फरार रहेका छन् ।

Leave a Reply

Your email address will not be published.

Back to top button