काठमाण्डौमा होलि खेल्न नपाईने


२१ फाल्गुन २०७६, बुधबार काठमाण्डौ, काठमाण्डौमा होलि खेल्न नपाईने भएको छ । काठमाण्डौ जिल्ला प्रशासन कार्यालयले काठमाण्डौमा होलि नखेल्न तथा सभा सम्मेलन नगर्न आग्रह गरेको हो ।कोरोना भाईरसको जोखिमबाट बच्न प्रशासन कार्यालयले यस्तो अनुरोध गरेको हो ।विश्व स्वास्थ्य संगठनले समेत नेपाल कोरोना भाईरसको जोखिममा रहेको बताएको र नेपाल सरकारले समेत यसको संक्रमणबाट जोगिन सतर्कत रहन अपिल गरेकोले भेला तथा सभा सम्मेलन नगर्न कार्यालयले अनुरोध गरेको हो ।

जिल्ला सुरक्षा समिति काठमाडौंकोे बुधबार बसेको बैठकले अर्को निर्णय नभए सम्मका लागि काठमाडौं जिल्लामा उत्सव, मेला, पर्व (होली लगायत)का कार्यक्रममा भेला, जम्मा नहुन र त्यस्ता सम्मेलन तथा कार्यक्रमहरुमा सहभागी नहुन आग्रह गरेको छ । उता जिल्ला प्रशासन कार्यालय दाङले होली पर्वको अवसरमा ईच्छा विपरित कसैमाथी रङ नदल्न सवैमा अपिल गरेको छ । हिमाली क्षेत्रमा यहि फागुन २६ गते तथा दाङ सहित तराई क्षेत्रमा २७ गते होली पर्व परेको छ । नेपालीहरुको चाडपर्वहरु मध्ये होली पर्व पनि एक महत्वपर्ण पर्व भएकोले यसलाई सवैले मर्यादित र सभ्य ढङगले मनाउन प्रशासनले आग्रह गरेको हो ।

प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले बुधवार एक सुचना जारी गदै सवैमा यस्तो अपिल गरेका छन् । पर्वको नाममा कसैको ईच्छा विपरित जवरजस्ती होली दल्ने, रङ हान्ने, होहल्ला गर्ने, उछृङखल गतिविधि गर्ने जस्ता कार्य कानुन विपरित हुने हुदा यस प्रति सवैले ध्यान दिनुपर्ने जारी सुचनामा उल्लेख गरिएको छ । यदी प्रचलीत कानुन विपरित कार्य गरेमा कारवाही गरिने प्रशासनले बताएको छ ।

Leave a Reply

Your email address will not be published.

Back to top button