जन्ती बोकेर आएको बस ब्रेक फेल हुँदा पल्टियो, मृत्यु हुनेको संख्या ४ पुग्यो


हेटौंडा, २१ फागुन । मकवानपुरगढी–२ शिखरकटेरी गैरीभञ्ज्याङमा आज साँझ जन्ती बस दुर्घटना हुँदा मृत्यु भएका ४ जना मध्ये २ जनाको नाम खुलेको छ ।

मृत्यु हुनेमा गढी–७ बस्ने वर्ष ३५ को सोमबहादुर रुम्बा र सोही ठाउँ बस्ने वर्ष २९ को सोमबहादुर मोक्तान रहेको प्रहरीले जानकारी दिएको छ । बाँकी मृतक २ जनाको सनाखत भएको छैन् ।

दुर्घटनामा घाइते हुनेहरुको नाम यस प्रकार छः

सञ्चमाया भोलन, विजय भोलन, सुर्य भोलन, सुजन मोक्तान, प्रविन थिङ, प्रयास मोक्तान, अक्कल रुम्बा, अजयकुमार स्याङतान, सुनित गोले, सुकलाल दोङ, भीमबहादुर थिङ, मानबहादुर दोङ, दिलकुमारी दोङ, सम्झना गोले, मञ्जु घलान, मिलन पाख्रिन, सुनिता थिङ, सकुमणि स्याङतान, बुकेबहादुर रुम्बा, जङबहादुर रुम्बा, सुनकुमारी मोक्तान, ज्ञान्ती दोङ, राममाया दोङ, सबिस दोङ, कुमार थिङ, अञ्जु घलान, मिलन स्याङतान, निरुता स्याङतान रहनु भएको छ । Source:Tukhabar

Leave a Reply

Your email address will not be published.

Back to top button