सफलतापूर्वक प्रधानमन्‍त्रीको मिर्गौला प्रत्यारोपण


काठमाडौँ, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भएको छ । बुधबार बिहान साढे १० बजेदेखि सुरु भएको मिर्गौला प्रत्यारोपण सफल भएको हाे।

प्रधानमन्त्री ओलीको भान्जी समीक्षा संग्रौलाको शल्यक्रिया सकिए लगत्तै सफलतापूर्वक प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण भएको सल्यक्रियामा संलग्न चिकित्सकहरुले जानकारी दिनुभएको छ ।

मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई बुधबार बिहान सबा १० बजे शल्यक्रिया कक्षमा लगिएको हो । प्रत्यारोपणपछिको करिब २ घण्टामा प्रधानमन्त्रीको होस फर्किने ती चिकित्सकले जनाएका छन् । चिकित्सकका अनुसार, ‘टाँका लगाइसकेपछि डेढ दुईघण्टामा होस आउँछ’ ।

मिर्गौला प्रत्यारोपण टिममा शिक्षण अस्पतालका अनुभवी चिकित्सकसँगै पहिलो प्रत्यारोपणमा सहभागी तीनजना भारतीय चिकित्सकसमेत रहेका छन्।

Leave a Reply

Your email address will not be published.

Back to top button