४० जना सवार बस दुर्घटना


गोकुलेश्वर। महाकाली राजमार्ग अन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका-५ न्वालीमा बुधवार(आज) बिहान बस दु’र्घटना हुँदा ५ जना घा’इते भएका छन् ।घा’इते हुनेहरुमा बैतडी सुर्नयाका २२ बर्षीया बिनिता कुँवर ९टेर०, दार्चुला ब्यासका ३३ बर्षीया बिन्दु कुँवर,५५ बर्षीया गोबिन्दी कुँवर, दार्चुला दुहुका ३० बर्षीय ललित बोहरा र २४ बर्षीय महेश बडाल रहेका छन् ।घा’इतेहरुलाई बैतडी र दार्चुलाका विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनभयो ।

घा’इतेको प्रहरीचौकी खोचलेकका प्रहरी सहायक निरिक्षक शंकर दत्त भट्टको टोलीले उ’द्धार गरेको हो ।बसमा सवार ४० जना रहेको भएपनि अन्यको अवस्थामा सामान्य रहेको छ ।महेन्द्रनगरदेखि गन्ना जादैं गरेको पवनदुत यातायातको ना.५ख.५१४१ नम्बरको बस न्वालीमा बुधवार बिहान ५ बजेतिर एक्कासी नालीमा प’ल्टिन गई दु’र्घटना भएको हो । बस चालक दिपक बोहरा प्रहरी नियन्त्रणमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published.

Back to top button