चीनबाट फर्केका नेपालीलाई कोरोनाको आशंका


चीनको ताक्लाकोटबाट कोरोनाको त्राशले हुम्लीहरू भागाभागको अवस्थामा रहेका छन् । स्थानीय व्यापारिक संस्थाका प्रतिनिधिले उद्धारका लागि अपिल गरेका छन् । हुम्लाका अधिकांश वासिन्दा चीनको ताक्लाकोट कमाउने मुख्य गन्तव्य भएको भएता पनि पछिल्लोपटक यो स्थान कोरोनाको त्राशमय क्षेत्र बन्दै गएको छ ।

हुम्ला जिल्ला अति नै कोरोनाको सं’क्रमित हुने भयमा रहेको छ । चीनमा फैलिएको कोरोना भाइरसले हजारौँको ज्या’न गएको भएता पनि हाल नेपालमा सं’क्र’मण नफैलनु सौभाग्यको रूपमा लिन सकिन्छ । हुम्ली कामदार हाल चीनको ताक्लाकोटमा सयौं संख्यामा कामदारको रूपमा काम गर्दै आइरहेका छन् । कोही डरले रातदिन बिताइरहेका छन् भने कोही भागेर हुम्ला छिर्ने गरेका छन् ।

कामका लागि उत्तरी नाकापार ताक्लाकोट गएका एक नेपाली युवक त्यहाँबाट भागेर हिल्सा हुँदै हुम्लाको मुचु आइपुगेका छन् । ताक्लाकोटबाट भागेका उनी पाँच हजार मिटर अग्लो नारा लेकको हिउँ छिचोल्दै आउँदा हिउँले उनका हातखुट्टा हिउँले खाएर हिँड्न नै नसक्ने अवस्थामा छन् । उनलाई नाम्खा गाउँपालिकाको तुम्कोट नजिकै मुचु प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।

ताक्लाकोटबाट चिनियाँ प्रहरीले एक जना नेपाली युवा भागेकाले नियन्त्रणमा लिनु भनेर खबर गरेपछि सो व्यक्तिलाई अहिले प्रहरीको प्रत्यक्ष निगरानीमा मुचु प्रहरीचौकीमा राखिएको हुम्ला प्रहरी प्रमुख डिएसपी रामप्रसाद घर्तिमगरले बताए ।

भागेका युवकको नाम नखुले पनि उनी सिमकोट गाउँपालिका–३ लिमाटाङ गाउँका वासिन्दा रहेको प्रहरीले बताएको छ । हिउँले खुट्टा खाएर हिँड्न नसक्ने अवस्थाका उनलाई नाम्खा गाउँपालिका–५ को मुचुमा रहेको स्वास्थ्यचौकीमा उपचार गर्न खोज्दा स्थानीयले विरोध गरेका छन् । चीनबाट भागेर आएको भएकाले ती युवकलाई कोरोना भाइरसको सं’क्रमण हुन सक्ने आशंका गर्दै स्थानीयले स्वास्थ्यचौकीमा उपचार गर्न नदिएपछि उनको उपचारमा समस्या भएको हो ।

स्थानीय स्वास्थ्यचौकीमा उपचार गर्न नदिएपछि प्रहरीको निगरानीमा नाम्खा गाउँपालिका–५ को मुचु क्षेत्रको बाटोमा विनाउपकरण उपचार भइरहेको प्रहरी नायव उपरीक्षक घर्तीमगरले बताए । हाल हुम्लामा कोरोना भाइरसका लागि आवश्यक पर्ने कुनै पनि सामग्री र स्थानीय सरकारले सोसँग सम्बन्धित कुनै पनि तयारी गरिएको छैन ।

ती युवकलाई खोज्न चिनियाँ प्रहरी हिल्सासम्म आएको भए पनि नपाएपछि फिर्ता गएको थियो । युवकको उपचारमा समस्या आएपछि उनको उद्धार तथा थप उपचारको व्यवस्थाका लागि आफन्तहरूले स्थानीय प्रहरी प्रशासनमार्फत गृहमन्त्रालयलाई अनुरोध गरेका छन् तर गृहमन्त्रालयबाट यसको कुनै सुनुवाई नभएको आफन्तले बताए ।

त्यसै गरी हुम्लावासीको व्यापारिक संस्थाले पनि एक अपिल नेपाल सरकारलाई उद्धारको लागि अपिल गरेको छ । ताक्लाकोटमा रहेका दुई सयको संख्यामा रहेका हुम्लीको सकुशल उद्धार गरी ज्या’न रक्षाको अपिल गरेका छन् ।

यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ। चीनको ताक्लाकोट र नेपालको हिल्सा नाका भएर हुम्लीवासी आवतजावत गर्नका लागि दिनहुँ जाने समय अब सुरु हुन लागेको वेला थप संयम हुनका लागि स्थानीय प्रशासनले उर्दी गरेको छ । हाल चीनको पुराङ काउन्टीमा कोरोनाको कुनै सं’क्र’मण नभएको चीन सरकारले बताए पनि नेपालीले योसँग सम्बन्धित सजगता अपनाउनका लागि अनुरोधसमेत गरेको छ ।

हरेक वर्ष १० देखि १५ हजार भारतीय धार्मिक पर्यटक हुम्ला हुँदै मानसरोवर कैलाश दर्शनका लागि जाने गरेको थिए । यो वर्ष भने शून्यता छाएको छ । हुम्लाका होटेल र पर्यटनसँग सम्बन्धित सम्पूर्ण व्यवसाय यसबाट निक्कै प्रभावित भएको छ ।

यसबाट हुम्ला हुने ६ करोडभन्दा बढीको व्यापार प्रत्यक्ष घाटामा रहने अनुमान गरिएको छ । यदि कोरोनाको संक्रमण रहेको खण्डमा हुम्लाको उत्तरी गाउँपालिका नाम्खा गाउँपालिका र सिमकोट गाउँपालिका प्रत्यक्ष मारमा पर्ने देखिएको छ । ताजाखबर बाट

Leave a Reply

Your email address will not be published.

Back to top button