एन्फा उपाध्यक्षले दुःख दिएको भन्दै राष्ट्रिय फुटबलका मुख्य प्रशिक्षकद्वारा राजीनामा


काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले राजीनाको घोषणा गरेका छन् ।उनले सामाजिक सञ्जालमार्फत आफूले राजीनामा दिन लागेको बताएका हुन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङले आफूलाई दुःख दिएको भन्दै उनले राजीनामाको घोषणा गरेका हुन् ।एन्फा उपाध्यक्ष नेम्वाङले आफूलाई अनेक बहाना बनाएर दिनदिनै दुःख र हैरानी दिएको प्रशिक्षक अलमुताइरीको भनाइ छ ।

राजीनानामा दिने जानकारी गराएका उनले आजै एन्फामा उक्त राजीनामा पत्र बुझाउने समेत बताएका छन् ।उनले फेसबुकमा लेखेका छन्, ‘म राजीनामा दिन एन्फामा जान लागेको छु, किनभने वरिष्ठ उपाध्यक्षका कारण म बाध्य छु । पछिल्लो ३ हप्तादेखि उनले ममाथि नाटक गरिरहेका छन् । अब खुशी होलान् ।’

एन्फाले कुबेती नागरिक अलमुताइरीलाई २०७७ चैतमा नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close