टिकटकमा नाचेर भाईरल भएकी बुटवलकी सोनीको हिरोइन बन्ने सपना


काठमाण्डौं । बुटवलकी सोनिया महत यति बेला टिकटकमा निकै भाइरल छिन् । १५ वर्षकी सोनियाको टिकटक आइडी भने आर्य एम सोनी हो । उनले नाचेर हालेका सबै भिडियोहरू लाखौँले हेरेका छन् ।

टिकटक खोलेको मात्र १ महिना भन्दा बढी भयो, यति बेला उनलाई ५ लाख माथिले फलो गरेका छन् । सोनियालाई नेपालीले मात्र हैन विदेशीले पनि माया गर्छन् । विदेशबाट पनि आफूलाई धेरै कमेन्ट आउने गरेको उनी बताउँछिन् । पाकिस्तानी, बङ्गलादेशी उनका प्रशंसकहरू उनको नृत्यमा लोभिन्छन् ।

यसैबिच सोनिया काठमाडौँ आएकी छिन् । उनलाई विभिन्न म्युजिक भिडियोहरूबाट अफर आइसकेपछि उनी काठमाडौँमा छिन् । हालसम्म उनले २ वटा म्युजिक भिडियोमा आफ्नो अभिनय देखाइसकिन् । टिकटक र म्युजिक भिडियोमा निकै फरक उनको अनुभव रह्यो ।

केही भिडियोहरूकै कारण भाइरल भएकी उनी शिशिर भण्डारीलाई भेट्दा खुसी भइन् । टिकटकका विकृतिको बारेमा पनि सोनिया बोलिन् । उनले टिकटकमा आफ्नो नाम सोनी राख्नुको कारण भने यस्तो रहेछ । भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close