भीम रावलले दिएको राजिनामा सभामुखले गरेनन् स्वीकृत


नेकपा एमाले भित्रको किचलोको कारण देखाउँदै अछामबाट निर्वाचित सांसद भीमबहादुर रावलले दिएको राजिनामा सभामुख अग्निप्रसाद सापकोटाले स्वीकृत गरेका छैनन् । आइतबार राजीनामा दिएका रावलको सोमबार अपरान्हसम्ममा पनि राजिनामा स्वीकृत भएको सूचना बाहिरिएको छैन ।

कुनै सांसदले राजिनामा दिएमा धेरै राजनैतिक बिरोधका कारण हुने भएकाले अनौपचारिक रूपमा सभामुखले त्यस्ता सांसदसँग भेटेर सनाखत गर्ने प्रचलन छ । कतिपय अवस्थामा सांसदहरूले सभामुखसँगको भेटपछि राजीनामा फिर्ता लिने गरेका छन् । कतिपय अवस्थामा भने सनाखतपछि राजीनामाको जानकारी संसदलाई दिने गरिएको छ । यसअघिका अभ्यासहरुमा पनि सांसदले राजिनामा दिने बित्तिकै स्वीकृत नगरेर केही समय उनीहरुलाई सोचेर निर्णय गर्ने समय दिने गरिएको थियो ।

सभामुख सापकोटाले रावलको राजीनामा सनाखत गर्न बाँकी छ । भीम रावल पनि राजिनामा टेवलमा छोडेर हिडेका हुन् । उनले सभामुुखलाई भेटेरै सनाखत गरेर राजिनामा बुझाएका हैनन् । रावल सनाखत गर्न आउने बाटो भने सभामुखले कुरिरहेकाछन् ।

एमाले सांसद रावलले दलभित्रको किचलोलाई देखाएर राजीनामा दिएका थिए । उनले प्रतिनिधि सभाको विघटनदेखि पुनर्स्थापना र प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्थासम्म आइपुग्दा उच्च राजनीतिक नेतृत्व तहमा देखिएको अनियन्त्रित र चरम अनैतिक राजनीति, स्वेच्छाचारी व्यवहार तथा देश जनता र पार्टीको हितभन्दा निजी स्वार्थ देखिएकाले राजीनामा दिएको उल्लेख गरेका छन् ।

रावलले आइतबारै राजीनामा सार्वजनिक गर्दा एमालेका सांसद सुरेन्द्र पाण्डेले रोक्न खोजेका थिए । तर रावल रोकिएनन् । पाण्डेका अनुसार आइतबार बिहानसम्म रावल राजीनामा दिने पक्षमा थिएनन् । दिउँसो एक्कासी उनले राजीनामाको घोषणा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close