चर्चित अभिनेत्री ‘बालिका बधूकी’ दादी सुरेखा सिकरीको निधन


काठमाडौं : भारतीय वरिष्ठ कलाकार तथा अभिनेत्री सुरेखा सीकरीको ७५ वर्षको उमेरमा निधन भएको छ। गएराति अभिनेत्री सुरेखाको हृ’द य घातका कारण निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

तीन पटक राष्ट्रिय पुरस्कार विजेता अभिनेत्री सलीम ल ङ्गडे पे मत रो, सरफरोश र बधाई हो जैसी चलचित्रमा काम गरेकी थिइन्। पछिल्लो समयमा बालिका बधू टेली फिल्म दादीको भूमिकामा चर्चित रहेकी थिइन।

सुरेखाले थिएटर, टेलिभिजन र फिल्ममा पनि काम गरेकी थिइन् । १९७८ मा फिल्म किस्सा कुर्सी का बाट सुरेखाले अभिनयमा डेब्यू गरेकी थिइन् । उनलाई तीन पटक सर्वोत्कृष्ट सहअभिनेत्रीको राष्ट्रिय पुरस्कार दिइएको थियो ।

सुरेखाले तीन पटक राष्ट्रिय पुरस्कार जितेकी थिइन् । सामाजिक संजालमा बलिउड कलाकार, टेलिभिजन कलाकार र फ्यानहरुले उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close