कोरोना सङ्क्रमणबाट थाइल्याण्डमा एक जनाको ज्यान गयो

काठमाण्डौ – कोरोना भाइरसको संक्रमणबाट थाइल्याण्डमा पनि एक जनाको ज्यान गएको छ ।
कोरोना भाइरसबाट संक्रमित भएका ३५ वर्षका एक व्यक्तिको ज्यान अल जजीराले जनाएको छ ।
यस्तै, कोरोना भाइरसको संक्रमणका कारण अमेरिका र अस्ट्रेलियामा पनि एक-एक जनाको ज्यान गएको छ । वाशिङ्टनमा कोरोनाको कारण एक जनाको ज्यान गएपछि वाशिङ्टनका गभर्नरले आपतकालीन अवस्थाको घोषणा गरेका छन् ।
यसअघि चीन र ईरानको यात्रामा कडाइ गरेको अमेरिकाले ईटली र दक्षिण कोरियाको यात्रामा पनि कडा गरेको छ । चीनबाट सुरु भएको कोरोना संक्रमण अहिले विश्वका ६० भन्दा धेरै देशमा फैलिसकेको छ भने झण्डै तीन हजार जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।
कोरोनाबाट संक्रमित हुनेको संख्या ८६ हजार नाघेको छ । यस्तै कोरोनाबाट संक्रमित ४२ हजार जनाभन्दा धेरै उपचार पछि घर फर्किएका छन्।