५० बर्ष पुग्न लागेकी ऐश्वर्या अझै हट एण्ड फिट हुनुको रहस्य !


बलिउडकी अभिनेत्री ऐश्वर्या राय बच्चनको सुन्दरताले धेरैलाई लोभ्याउँछ ।

ऐश्वर्याको सुन्दरताले मानिसलाई मोहित मात्र बनाउँदैन उनको सुन्दरतालाई देखेर धेरैजना अचम्मित पनि पर्ने गरेका छन् ।

उनी एक छोरीकी आमा पनि हुन् । उमेरले ४७ वर्ष टेकेकी ऐश्वर्या जिम पनि जाँदिनन् । तर, उनी कसरी यति फिट रहिन् ?

ऐश्वर्या फिट रहनका लागि नियमित रुपमा योगा गर्ने गरेको बताइन्छ । उनी डाइट चार्ट पनि नियमित रुपमा फलो गर्छिन् ।

ऐश्वर्या जगिन र ब्रिस्क वाक गर्ने गर्छिन् । उनी नियमित रुपमा हिँड्ने गर्छिन् । उनी ४५ मिनेट योगासन गर्ने गर्छिन् । तौल नियन्त्रण भएन भने उनी कहिलेकाँही जिम जान्छिन् । उनी घरमा नै कार्डियो एक्सरसाइज गर्ने गर्छिन् । उनी पावर योगासन गर्न मन पराउँछिन् ।

ऐश्वर्याको डाइट रुटिन

फिट रहनका लागि ऐश्वर्या दिनको सुरुवात मनतातो पानीबाट गर्ने गर्छिन् । उनी हरेक दिन बिहानको खाजा खाने गर्छिन् । उनी बिहान प्रोटिन र फाइबरयुक्त खानेकुरा खाने गर्छिन् ।

ऐश्वर्या फास्ट फुड, जंक फुड जस्ता खानेकुरा कहिल्यै खाँदिनन् । जसले गर्दा शरीर फिट रहन र फ्याट बढ्न दिँदैन । लामो समयसम्म स्वस्थकर खाना खाँदा सुन्दरतामा कुनै असर पर्दैन ।

ऐश्वर्याको खाना

ऐश्वर्या एकै समयमा धेरै खाना खाँदिनन् । उनी विस्तारै विस्तारै थोरै थोरै खाना खाने गर्छिन् । जसले गर्दा खानामा भएको पोषक तत्व शरीरमा लाग्न पाउँछ । उनी साधारण खाना खाने गर्छिन् । जसमा उमालेको सागसब्जी, दाल, रोटी र सलाद पर्छ । उनी रातिको खाना निकै हल्का र छिटो लिने गर्छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close