नेपालमा डेल्टा भन्दा खतरनाक मानिने डेल्टा प्लस भेरियन्ट पुष्टि ( बिज्ञप्ति सहित )


नेपालमा हाल को’रोना भाइरसको डेल्टा प्लस भेरिन्यट बिस्तारै फैलिँदै गएको छ। को’रोनाको दोस्रो लहरमा भेरियन्ट मध्ये सबैभन्दा खतरा डेल्टा भेरियन्ट हो । अब भने डेल्टा प्लस भेरियन्टलाई झन ख’तरा भनिएको छ।

नुवाकोटस्थित त्रिशुली अस्पतालमा को’रोना परीक्षण गरिएको एक जनामा डेल्टा प्लस भेरियन्ट देखिएको छ। प्रयोगशालामा गरिएको परीक्षणमा पोजिटिभ देखिएका ४ वटा नमुनामध्ये एक वटा नमुनामा डेल्टा प्लस भेरियन्ट पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दिपेन्द्र पाण्डे जानकारी दिए।

उनका अनुसार अस्पतालले उक्त ४ वटा नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला मार्फत अन्तराष्ट्रिय प्रयोगशालामा जीन सि’क्वेन्सिङका लागि पठाएको थियो। सो क्रममा तीनवटामा डेल्टा र एक वटामा डेल्टा प्लस भेरि’यन्ट देखिएको हो। डेल्टा प्लस भेरियन्ट डेल्टा भेरियन्ट भन्दा ६० देखि १०० प्रतिशत भन्दा बढी सं’क्रामक रहेको विभिन्न अनुसन्धानले पुष्टि गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close