परिवार पाल्न मलेसिया गएका २६ वर्षिय यामको अकालमै गयो ज्यान


काठमाडौँ । सुन्दर सपना देखेर पैसा कमाएर ल्याउने र मिठो खाने, राम्रो लाउने उदेश्यले मलेसिया हानिएका याम बहादुर बोहोराको सपना सँधैका लागी अपुरो भएको छ ।

रामेछाप नपा वडा नं १, निवासी गोठगाँउ निबासी याम बोहोराको र ह स्य म य निधन भएको छ । उनको र हस्य मय निधन को पछाडी बंगालीहरुको हात रहेको सूचनाका आधारमा मलेसियाको जोहोर बाहरु को देसा चेमर्लाङ्ग को ओर्किड फ्लेटका सबैजसो होस्टेल हरुमा प्रहरीले छापा मारेको बताइएको छ ।

प्रहरीले अहिलेसम्म २ जना बंगलादेशी नागरीकलाई प क्राउ गरेको भएता पनि यस विषयमा थप जानकारी भने आइसकेको छैन । २६ वर्षीय बोहोराको श व प्रहरीले नियन्त्रणमा राखेको छ । उनी आफ्नो परीवार पाल्न मलेसिया भासिएका थिए ।

Leave a Reply

Your email address will not be published.

Back to top button