टी-ट्वान्टीमा सन्दिप लामिछानेले पूरा गरे कीर्तिमानी १ सय विकेट


काठमाडौं – नेपाली  क्रिकेटर सन्दिप लामिछानेले टी-ट्वान्टी क्रिकेटमा १ सय विकेट पूरा गरेका छन् ।थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेटको पहिलो खेलमा सिंगापुरविरुद्ध विकेट लिँदै सन्दीपले १०० विकेट पुरा गरेका हुन् ।

यससँगै सन्दीपले टी-ट्वान्टीमा १०० विकेट लिने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाएका छन् । सन्दीपले आफ्नो पहिलो ओभरमै २ विकेट लिए ।

सन्दीपले पहिलो ओभरको दोस्रो बलमा भिरनदिप सिंहलाई आउट गरे ।  अर्को बलमा खिजार हायतलाई आउट गरे ।  सन्दिपले ने ८ दशमलव ५ ओभरमा अनवर अरुद्धिनलाई आउट गर्दै तेस्रो विकेट लिए ।यससँगै सन्दीपले टी-ट्वान्टीमा १  सय २ विकेट लिएका छन्।

Leave a Reply

Your email address will not be published.

Back to top button