यिनै हुन् ओलम्पिक खेल्न पाउने भाग्यमानी चेली सोनिया भट्ट


बाँके जिल्लालाई खेलाडिको शहर पनि भनिन्छ । यो शहरले धेरै ओलम्पियन जन्माईसकेको छ । र त्यो लिष्टमा अर्को नाम पनि थपिँदैछ । त्यो नाम हो सोनिया भट्ट । बाँकेकी चेली सोनिया भट्टले टोकियो ओलम्पिक २०२० का लागि जुडो खेलमा वाइल्ड कार्ड प्राप्त गरेकी छन् । यसका साथै नेपालबाट अहिलेसम्म टोकियो ओलम्पिकमा सहभागी हुने खेल ५ पुगेको छ ।

पौडी, एथलेटिक्स, सु टि ङ, तेक्वान्दो र जुडोले ओलम्पिकमा सहभागिता जनाउने भएको हो । पौडी र एथलेटिक्स अनिवार्य सहभागी हुने भए तापनि सु टि ङ, तेक्वान्दो ९पारा० र जुडोले वाइल्ड कार्डमार्फत सहभागिता जनाउने भएको हो । सोनियाले ४८ केजीमुनिको प्रतिस्पर्धामा सहभागिता जनाउने नेपाल ओलम्पिक कमिटीका सचिव एवं नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यले जानकारी गराए ।

उनले दुई खेलाडी इन्द्रबहादुर श्रेष्ठ र सोनियाका लागि पहल गरिएकोमा सोनियाले वाइल्ड कार्ड प्राप्त गरेको बताए । नेपाल पुलिसमा आवद्ध सोनिया विसं २०७६ मा नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुदकी कास्यपदक विजेता खेलाडी हुन् । सोनियाले सन् २०१९मा बंगलादेशमा आयोजना भएको जुडो च्याम्पियनसिपमा क्याडेटतर्फ ४४ केजीमा स्वर्णपदक प्राप्त गरेकी थिइन् । सन् २०१९ मा मोरोक्कोमा आयोजना भएको

विश्व जुनियर च्याम्पियनसिपमा एक बाउट जित निकाल्दै २०० अंक बटुल्न सफल भएका कारण त्यसैलाई र अन्य प्रतिस्पर्धामा उनले देखाएको प्रदर्शनलाई आधार मानेर वाइल्ड कार्ड प्राप्त गर्न सफल भएको अध्यक्ष बज्राचार्यले जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close