५ जना सवार सेनाको हेलिकप्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु


एजेन्सी, १६ फागुन । कोलम्बियामा सेनाको हेलिकप्टर दु ’र्घ ट ना हुँदा तीनजनाको निधन भएको छ । हेलिकप्टरमा रहेका पाँचजना मध्ये तीनजनाको निधन भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । अन्य दुई जनाको अवस्था बारे भने केहि बताइएको छैन ।

उक्त दु’ र्घ ट ना स्थानीय समय अनुसार बिहीबार बिहान ११ बजेतिर भएको बताइएको छ । मेल्गारबाट तोलिमाका लागि उडेको हेलिकप्टर कुन्डिनामार्काको मड्रिड शहर नजिकै दु’ र्घ ट ना भएको कोलम्बियाको वायु सेनाले उल्लेख गरेको छ ।

यो पनि पढ्नुहोस

व्यथाले च्याप्दा पनि डाक्टरले अप्रेसन गर्न मानेनन्, आमा र बच्चा दुवैको मृ त्यु

धरान,फागुन १६ -डाक्टरकै सल्लाहअनुसार नर्मल डेलिभरी गराउने क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा इटहरी–४ हलगडाकल्म्एभ्च्४४लदकउसवर्षीय गर्भवती लक्ष्मी बुढाथोकी र उनको पेटभित्रको शिशुको निधन भएको छ। सुरुमा बुधबार राति करिब आठ बजेतिर बच्चाको निधन भएको थियो भने पाँच घण्टापछि आमाको पनि निधन भएको पीडित परिवारजनको भनाइ छ। प्रसूति गराउने क्रममा चिकित्सकले लापरबाही गरेको भन्दै मृ: त कका परिवारजनले घटनामा संलग्न डाक्टरहरूलाई कारबाही गर्न माग गरेका छन्।

मृ: त कका ससुरा कृष्णबहादुर बुढाथोकीले आमा र बच्चा दुवैको अवस्था सामान्य छ भनेर बिपीका डाक्टरहरूले बोलाएकै समयमा अस्पताल आएको तर उपचारमा लापरबाही भएकाले आमा र बच्चा दुवैको मृ त्यु भएको बताए। नागरिक राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित यो समाचार रोहित राईले लेखेका हुन्।

बुधबार दिउँसो व्यथाले असाध्यै च्यापेपछि अप्रेसन गरिदिन आग्रह गर्दा डाक्टरहरूले नमानेका कारण आमा र बच्चाले ज्या न गुमाउनुपरेको उनको दाबी छ। ‘बुहारीलाई बुधबार दिनभरि व्यथाले च्याप्यो, हामीले अप्रेसन गरिदिन भन्दा मानेनन्। दिउँसो तीन बजेतिर लेबर रुममा लगे,’ उनले भने, ‘राति आठ बजेतिर एक्कासी बच्चाले दिसा खाइसक्यो, बच्चाको निधन भयो भने। हामीले आमालाई त बचाइदिनुस् भन्दा आमा त बाचिहाल्छिन् भन्थे। तर बिहान दुई बजेतिरै आमाको पनि निधन भयो।’ उनले कुनै समस्या नदेखिएका आमा र बच्चाको लापरबाहीकै कारण निधन भएकाले डाक्टरहरूलाई कारबाही गर्नुपर्ने उनको माग छ।

Leave a Reply

Your email address will not be published.

Back to top button