कोरोना भाइरसको संक्रमणप्रति विमानस्थलमा ‘शून्य’ सावधानी, बिना चेकजाँच यसरी भित्रिदै यात्रुहरु ! (भिडियो)


काठमाडौं, १५ फागुन । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ५०१ औं एपिसोड हो ।

कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ । निम्न विषयमा विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ :

१. कोरोना भाइरसबाट बच्न नेपालीको तयारी पुगेन !

काठमाडौं, १५ फागुन । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९)बाट विश्व नै त्रसित छ ।

यूरोपका विकिसित भनिएका कतिपय देशहरु कोरोना भाइरसबाट आक्रान्त बनेका छन् । यो रिपोर्ट तयार पार्दासम्म विश्वका ४७ देशका ८२ हजार भन्दा बढी व्यक्ति संक्रमित भएका छन् ।

कोरोना भाइरसककै कारण चीनमा मात्र दुई हजार ७ सय ४४ जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै चीन बाहेक इरानमा १९ जना, इटाली र दक्षिण कोरियामा १२/१२ जना, जापानमा ७ जना, हङकङ र फ्रान्समा २/२ जना र ताइवान र फिलिपिन्समा १/१ जनाले ज्यान गुमाइसकेका छन् ।

कोरोना भाइरस विश्वमा तीव्र रुपमा फैलिरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । गत मंगलबार चीनमा ४११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ, भने चीनबाहिरका अन्य देशहरुमा ४२७ जना संक्रमित भएका छन् ।

२. साउदीमा अलपत्र छोराको उद्दार गर्न बुबा शम्भू मण्डलको आग्रह

काठमाडौं, १५ फागुन । सुनसरीका शम्भू मण्डल पछिल्लो तीन महिनादेखि रोजगारीका लागि साउदी गएका आफ्नो छोराको उद्दारका लागि बैदेशिक रोजगार विभाग र श्रम मन्त्रालय धाइरहेका छन् ।

रोजगारीका लागि साउदी पुगेका उनका छोरा सञ्जय कुमार मण्डलले विगत तीन महिनादेखि राम्ररी खान र बस्न पाइरहेका छैनन् । सञ्जयले कार्यक्रममा लाइभ आएर आफूले खान र बस्न समेत नपाएको गुनासो गरेका थिए ।

कार्यक्रममा छोराको गुनासो सुनेपछि उनका बुवा शम्भू पनि हाम्रो कार्यालय आएका छन् । सरकारले फ्री भिषा फ्री टिकट भनेको देशमा सञ्जय मण्डलले डेढ लाख रुपैयाँ तिरेर साउदी पुगेका हुन् ।

न्युज24नेपाल बाट

Leave a Reply

Your email address will not be published.

Back to top button