आठ वर्षको उमेरमा बिहे गरेकी वसुन्धराको महिना नबित्दै श्रीमानको मृ’त्यु , ८० वर्ष एकल जीवन बिताएकी…


बलेवा – सरकारले दिने सामाजिक सुरक्षा भत्ताको भरमा वसुन्धरा शर्माको चुल्हो बल्छ । परिवारमा अरू कोही छैनन् । खेती गरेर खाने जमीन छैन, उमेरले पनि डाँडा का’टेकाले काम गरेर खानसक्ने कुरै भएन ।

बिहे गरेको महिना नबित्दै श्रीमान्को मृ’त्यु भएपछि बिहेपछिका झण्डै ८० वर्ष उहाँले एकल जीवन बिताउनुभयो । आठ वर्षको उमेरमा उहाँको बिहे भएको थियो ।बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराकी उहाँ ८८ वर्षकी हुनुभयो । उहाँको जि’उने आधार एउटा सानो कुटी थियो ।

गत वर्षको वर्षायाममा त्यही कुटीमा समेत वि’पत्ति आइलाग्यो । गत भदौ २८ र २९ गतेको वर्षापछि जग नै भासिएर घर जमीनमु’नि पुग्यो । वसुन्धराले एक वर्ष निकै क’ष्टले बिताउनुभयो । घर भाँसिएपछि पीडा’को सीमा रहेन । छिमेकीको घरमा आश्रय लिएर बस्नुभयो ।

वसुन्धारको खुशी एक वर्षपछि फ’र्किएको छ ।नगरपालिकाले भाँसिएको घर पुनर्निर्माण गरिदिएपछि वसुन्धराको आँखामा अहिले ह’र्षका आँसु देखिन्छन् । “बाससमेत हिँ’ड्यो, अहिले नयाँ घर बनेको छ, पानी ओत्ने भो”, वसुन्धराले खुशी व्यक्त गर्दै भन्नुभयो, “आफ्नै झुप्रो प्यारो लाग्छ नि !”

उहाँको घर बनाउन नगरपालिकाले रु ७० हजार अनुदान दिएको थियो । स्थानीय युवाले सहयोग अभियान घोषणा गरेका थिए ।नगरपालिकाले जि’म्मेवारी लिएपछि युवाहरुले अभियान रोके । घर बनाउन डकर्मी र सि’कर्मीको ज्याला रु ५० हजार र रु २० हजारको जस्तापाता उपलब्ध गराइएको वडा सदस्य रुद्रनाथ शर्माले बताउनुभयो ।

स्थानीय काठ र बाँस तथा ढु’ङ्गा माटोले उहाँका लागि ए’कछाने नयाँघर बनेको छ । एकल भएकाले खानाका लागि सामाजिक सु’रक्षा भत्ता र एकदुईवटा अंशमा पाएका बा’रीमा फ’ल्ने उपजले पुग्छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close