आज थप ४३४४ जनामा को’रोना पुष्टि


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ३४४ जनालाई को’रोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले साे जानकारी दिनुभएकाे हाे ।

आज थपिएकामध्ये काठमाडौं उपत्यकाका ९१५ रहेका छन् । जसमा काठमाडौंमा ६७९, भक्तपुरमा ८१ र ललितपुरमा १५१ जनालाई पाेजेटिभ देखिएकाे छ । सक्रिय संक्रमितको संख्या घट्दै गएको छ, अहिले ८० हजार ३३६ जना संक्रमित आ’इसोलेसनमा छन् ।

पछिल्लो २४ घण्टामा १२ हजार ७४ पीसीआर र ४५६८ जनाको एन्टीजेन परीक्षण भएको छ । जसमा पीसीआरमा ३४४९ र एन्टीजेनमा ८९५ जनालाई पाेजेटिभ देखिएकाे छ । यता स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले सबै नागरिकका लागि को’रोनाविरुद्धको खोप सुनिश्चित गरिने भएकाले त्यस समयसम्म सुुु’रक्षित रहन आग्रह गर्नुभएको छ ।

चन्द्रागिरि नगरपालिकामा नगरस्तरीय सा’मुदायिक भवनमा ज’डित अक्सिजन प्लान्टको उद्घाटन गर्दै मन्त्री तामाङले खो’पको सुनिश्चितता नहुन्जेलसम्म सम्पूर्ण ना’गरिकलाई सुरक्षित रहन आग्रह गर्नुभएको हो ।नगरपालिकाको नगरस्तरीय सामुदायिक अस्पतालमा दैनिक ४० देखि ४८ ठूला अक्सिजन सिलिन्डर भर्न सक्ने उत्पादन गर्नसक्ने प्ला’न्ट जडान भएको छ ।

७४ लाखको लगानीमा निर्माण गरिएको अक्सिजन प्लान्ट मु’नडप्स कम्पनीले जडान गरेको हो । वि’नारसायन प्राकृतिक हावाबाट नै अक्सिजन उत्पादन हुने प्लान्ट नयाँ प्रविधिको रहेको कम्पनीको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close