विश्वकै दुर्लभ रेकर्ड : दक्षिण अफ्रीकामा एक महिलाले एकैपटक जन्माईन् दश बच्चा


काठमाण्डौ : दक्षिण अप्रिकामा एक महिलाले एकैपटक १० बच्चा जन्माएकी छिन। उनि एकैपटक १० बच्चालाई जन्म दिने विश्वकै पहिलो महिला हुन्। दश बच्चालाइ एकैपटक जन्म दिएसंगै उनले विश्वरेकर्ड बनाएकी छिन। यस पुर्व एकैपटक ९ बच्चा जन्माउदै मोरक्कोकि मलियन हालिमा सिसेले विश्वरेकर्ड बनाएकी थिइन।

गोसिएम थमारा सितोल नाम गरेकी ३७ बर्षिय महिलाले एकैपटक १० बच्चालाई जन्म दिएकी हुन्। सुरुवातमा उनको चेकअप गर्दा डक्टरले ६ ओटा बच्चा पेटमा छ भनेका थिए। त्यसपश्चात ८ ओटा छ भनेका थिए । तर उनले १० ओटा बच्चालाइ जन्म दिएकी छिन। दश मध्य ७ छोरा र ३ छोरी रहेकी छिन। उनले ७ महिना ७ दिनमा १० बच्चालाइ जन्म दिएकी हुन्। यसपुर्व उनले जुम्ल्याहा बच्चा जन्माएकी थिइन।

उनले जुम्ल्याहा बच्चा जन्मेको ७ बर्षपछी एकैपटक १० बच्चालाइ जन्म दिएकी हुन्। महिलाले सुरुवातमा आफ्नो पेटमा २ वा ३ ओटा मात्र बच्चा होला भनेर अनुमान गरेकी थिइन तर डाक्टरले त्यो भन्दा बढी भएको बताएपछी अचम्मित परेकी थिइन । उनि २ पटक गर्भवती हुदा १२ बच्चालाई जन्म दिएकी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close