संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या बढी ( सुची सहित )


काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ४ हजार ४७२ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर १७ हजार ९०३ जनाको पीसीआर–एन्टिजेन परीक्षण ४ हजार ४७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

१२ हजार २ जनाको आरटी–पीसीआर परीक्षण गर्दा ३ हजार ३७० र ५ हजार ९०१ जनाको एन्टिजेन परीक्षण गर्दा ४ हजार ४७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा मुलुकभर ४ हजार ४७२ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ५ लाख ९१ हजार ४९४ पुगेको छ ।

कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ६ हजार ९५१ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ६ हजार ९५१ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ४ लाख ९७ हजार ९६० पुगेको छ ।

यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ७ सय १८ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर १७ हजार ९०३ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३२ लाख ३0 हजार ९१६ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप ९२ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ९९० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close