हिजो फेवातालमा डुङ्गा प’ल्टिँदा बे’पत्ता भएका काठमान्डौका रामशरण मृ’त फेला


१३ फाल्गुन २०७६, मंगलवार काठमान्डौ ,हिजो सोमबार दिउसो पोखराको फेवातालमाडुङ्गा प’ल्टिँदा बे’पत्ता भएका काठमाडौँ १० कपनका २७ वर्षीय रामशरण लुइँटेल मृ’त फेला परेका छन् ।गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराबाट ख’टिएको गो’ताखोर सहितको उ’द्धार टो’लीले खो’जतलास गर्ने क्रममा मङ्गलवार दिउँसो लुइँटेलको श’व फे’ला पारेको हो ।तालको ख’पौदी क्षेत्रमा ४० फिट ग’हिरो क्षेत्रबाट लुइँटेलको श’व नि’कालिएको वडा प्रहरी कार्यालय बैदामका डिएसपी यादव ढकालले जानकारी दिए ।

सशस्त्र प्रहरीका तालिम प्राप्त गोताखोर दी’र्घ नारायण पौडेल र दीपेन्द्र विष्टको टोलीले तालमा घो’प्टो परेर रहेको लुइँटेलको श’व नि’कालेको हो । सोमबार दिउँसो खपौदी क्षेत्रमा ३ जना सवार डुङ्गा प’ल्टिएको थियो । उक्त डुङ्गामा सवार काठमाडौँ कपन बस्ने २७ वर्षीय सुविन चालिसे र २८ वर्षीय रुपेश अधिकारीको तत्कालै स’कुशल उ’द्धार गरिएको थियो भने रामशरण बे’पत्ता थिए ।

Leave a Reply

Your email address will not be published.

Back to top button