सुधार गृहमा शव भेटिएपछि उर्लाबारी तनाबग्रस्त


उर्लाबारी / सुधार केन्द्रमा बसेका उर्लाबारी २ का विशाल श्रेष्ठ मृत भेटिएका छन । जीवन बचाउ उपचार सेवा गृहमा श्रेष्ठको शव भेटिए सँगै स्थानीयले आन्दोलन गरेका छन ।

१९ बर्षिय श्रेष्ठले एक बर्ष अगाडी मात्र विवाह गरेका थिए । तर उनलाई आफन्तले सुधार गृहमा राखे पनि उनी डिप्रेशनको विरामी समेत भएको उनका साथीभाईहरुले बताउँदै आएका छन । २ महिना अगाडी मात्र सुधार केन्द्र बसेको उनको मृत्यु शंकास्मत भएको भन्दै स्थानीयले उपचार केन्द्र घेराउ गरेका छन ।

श्रेष्ठको शव उठाएर उपचार केन्द्रका सञ्चालक रविन्द्र दाहाललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यलय उर्लाबारीले जनाएको छ । घट्ना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।पुर्बेलीन्युज बाट

Leave a Reply

Your email address will not be published.

Back to top button