आज यी प्रदेशमा भारी वर्षाको सम्भावना सतर्क रहनुहोला


काठमाडौं । सोमबार देशभरका केहि स्थानमा मेघ गर्जनसहित वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज देशभर बदली रही प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।हाल देशमा पश्चिमि वायु, स्थानीय वायु र भारतको उत्तर प्रदेश तथा यसको आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ ।

अहिले देशका अधिकांश भू भागमा बदली रही प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानमा वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ ।अहिले प्रदेश-१ का धेरैजसो ठाउँमा बादल लागेको छ भने प्रदेश-१ र वाग्मती प्रदेशका केही ठाउँमा सामान्य पानी परिरहेको छ ।

बाँकी ठाउँमा सामान्य बादल लागेको छ ।आउँदो तीन दिनसम्म नै मौसम बद्ली रहने मौसमविद् शाक्यले बताउनुभयो । आज राति देशका सबैजसो ठाउँमा बादल लागेर केही ठाउँमा पानी र पर्ने र हिमाली क्षेत्रमा सामान्य हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close