नेतालाई पढाउने र बुझाउने तालिम केन्द्रको लागि पनि बजेट विनियोजन गर्दा हुने – बर्षा शिवाकोटी


काठमाण्डौ : २०७८-७९ को लागि नेपाल सरकारले शनिवार बजेट बिनियोजन गरेको छ। जसमा विभिन्न प्रतिक्रिया आइरहेको छ केहि पक्ष सरकारको बजेट बिनियोजन देखि सन्तुष्ट छन् भने केहि अशन्तुष्ट छन्। यसैक्रममा नायिका बर्षा शिवाकोटीले पनि आफ्नो प्रतिक्रिया दिएकी छिन।

उनि लेख्छिन,’बजेट त सधैं राम्रो र आनन्द लाग्ने आउने हो, यो पटक झन राम्रो र कर्णप्रिय लाग्दैछ, तर बजेट भाषण सकिने वित्तिकै एक अर्कालाई सत्तोसराप शुरु हुने निश्चित छ। नेताको दिनहुँको किचलोले जनता दिक्क भएका छन्। यो कुरा बुझाउन नेतालाई पढाउने र बुझाउने तालिम केन्द्रको लागि पनि बजेट विनियोजन गर्दा हुने !’

उनले स्टाटस मार्फत नेताहरुको दिनहुको किचलोको कारण जनता वाक्क/दिक्क भइसकेको आसय व्यक्त गर्दै आगाडी लेख्छिन- ‘ यो कुरा बुझाउन नेतालाई पढाउने र बुझाउने तालिम केन्द्रको लागि पनि बजेट विनियोजन गर्दा हुने !’

बर्षाले बजेट भाषण सक्किना साथै नेताहरु एक अर्कामा सत्तो सराप गालि गलौज गर्न लाग्छन भन्दै यी विषयहरुमा उनीहरुलाई पढाउने र बुझाउने तालिम केन्द्रको स्थापना गर्नुपर्ने आशय जनाएकि छिन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close