एक्कासी चितवनमा हावाहुरी सहित भिषण असिना पानी !


चितवन, चितवनमा आज भिषण असिना पानी परेको छ ।बिहानदेखि मौसम सफा रहे पनि दिउँसो तीन बजे एक्कासी मौसम बदलिएर असिना पानी परेको हो । पानी, हावासहितको असिनाले जनजीवन प्रभावित भएको छ । नारायणगढमा किनमेलमा पुगेका सर्वसाधारणको बीचमा एकछिन भागदौँड नै भएको थियो । असिनाले केरा, तरकारीखेतीमा के कस्तो असर परेको छ भन्ने विस्तृत जानकारी भने प्राप्त भएको छैन ।

यो पनि पढ्नुहोस

लाइसेन्स प्रिन्ट भएर थुप्रियो, लाइसेन्स परिक्षा पास गर्नेलाई लिन जान अनुरोध

काठमाडौं । यातायात व्यवस्था विभागले मास प्रिन्टर ल्याएर लाइसेन्स प्रिन्ट गर्न थालेसँगै विभागमा लाइसेन्सको चाङ लागेको छ । लाइसेन्स परिक्षा पास गरेको केही महिनासम्म नियमित फलोअपमा रहनेले पनि लाइसेन्स तयार भएपछि लिन नआउने गरेको विभागले जनाएको छ ।‘सुरुमा तयार भयो भनेर सोध्छन्, प्रिन्ट भएपछि लिन नआएर सबै यातायात कार्यालयको घर्रा भरिएर बसेका छन्’ विभाग स्रोतले भन्यो ।विभागले मास प्रिन्टर संचालनमा ल्याएर लाइसेन्स छाप्ने कामलाई अगाडि बढाएको भएपनि अझै ६ लाख पुराना लाइनमा रहेका लाइसेन्स प्रिन्ट हुन सकेको छैन ।

मास प्रिन्टर संचालनमा ल्याएपछि पनि मासिक १ लाखको हाराहारी मात्रै लाइसेन्स प्रिन्ट भएको विभागले जनाएको छ ।मास प्रिन्टरबाट लाइसेन्स छाप्न सुरु भएको २ महिना भएको छ । अहिलेसम्म २ महिनामा २ लाख लाइसेन्स प्रिन्ट भएका छन् । अहिले प्रत्येक दिन ३ देखि ४ हजारको दरमा लाइसेन्स प्रिन्ट हुँदै आएको छ ।‘अहिले देशभरका १७ वटा लाइसेन्स कार्यालयबाट लाइसेन्स वितरण हुन्छ । लाइसेन्स वितरणको काम प्रदेश सरकारले गर्ने भएकाले सातै प्रदेशबाट वितरणको काम सुरु भएको छ, त्यसैले अब धेरै समस्या हुँदैन’ विभागका प्रबक्ता तिर्थराज पौडेलले भने ।

लाइसेन्स प्रिन्टिङको प्रक्रिया चलिराखेको छ सम्पुर्ण लाइसेन्स प्रिन्ट भइसक्न अझै ३ देखि ४ महिना लाग्न सक्ने छ । त्यसपछि मात्र लाइसेन्सका लागि ट्रायल पास गरी लाइसेन्स फारम भरेको १५ दिनमै लाइसेन्स पाइने विभागले जनाएको हो ।‘मास प्रिन्टरबाट दुईलाखभन्दा बढी प्रिन्ट भइसकेको छ, यही गतिमा काम अघि बढे ३ देखि ४ महिनामा सामान्य गतिमा आउँछौँं’, विभागका महानिर्देशक गोगन बहादुर हमालले भने ।अहिले विभागमा ३ वटा पुरानो र एउटा मास प्रिन्टरबाट दैनिक लाइसेन्स प्रिन्ट हुँदै आएको निर्देशक हमालले जानकारी दिए ।

सरकारले कागजी लाइसेन्स हटाएर देशव्यापी रुपमा स्मार्ट लाइसेन्स वितरण गर्न थालेपछि लाइसेन्सको माग अनुसार छपाइको सन्तुलन बिग्रिएको थियो । जसका कारण अझैसम्म पनि सेवाग्राहीले समयमै लाइसेन्स प्राप्त गर्न सकेका छैनन् ।आफ्नो लाइसेन्स प्रिन्ट भयो वा भएन एकिन गर्न विभागको वेभसाइटबाट सकिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.

Back to top button