बालकुमारीमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु


काठमाडौं, १२ फागुन । ललितपुरको बालकुमारीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

आज बिहान भएको उक्त दुर्घटनामा काठमाडौं लाजिम्पाटका दिवसकिशोर भट्टराइ र ललिता राईको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आज बिहान ४ बजेतिर बालकुमारीमा सडकको रेलिङमा मोटरसाइकल ठोक्किँदा भएकाे दुर्घटनामा उनीहरुको ज्यान गएको हो ।

बा ३८ प ८३५७ नम्बरको मोटरसाइकलमा सवार रहेका उनीहरु दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए । उनीहरुको उपचारको क्रममा बीएण्डबी अस्पतालमा ज्यान गएको हो । फोटो : सांकेतिक तस्बिर

Leave a Reply

Your email address will not be published.

Back to top button