कमेडी च्याम्पियन टप ३ बाट स्याङजाली कमेडियन मेक्सम गौडेल ‘मेलोबाबा’ आउट ?


काठमाडौं । मुलुककै पहिलो हास्य रियालिटी शो रियालिटी शो कमेडी च्याम्पियनको टप– ३ बाट स्याङजाली कमेडियन विष्णुप्रसाद गौडेल (मेक्सम) बाहिरिएका छन् ।टप ४ सम्म दमदार प्रस्तुती गर्दै मौलिकताको पहिचान बनाएका गौडेल टप ३ बाट बाहिरिएका हुन । कमेडि च्याम्पियनका निर्णायक मनोज गजुरेलले पोष्ट गरेको तस्विरमा उनि देखिएका छैनन । आउट हुने सहभागिलाई मन्चमा देखाइने गरिएको छैन । सेल्फि अफ द इयर क्याप्सन दिएर गजुरेलले पोष्ट गरेको फोटोमा गौडेल देखिएका छैनन ।

जुन तस्विरको कारण दर्शकलाई टप ३ मा को-को पुग्छन भनेर अनुमान गर्न मद्दत पुगेको छ । तस्विरमा प्रतिस्पर्धीहरु सुमन कोइराला, खड्गबहादुर पुन मगर र हिमेश पन्त मात्रै रहेका छन् । उक्त सेल्फिमा ‘मेलो बाबा’ भनेर चिनिने मेक्सम गौडेल नदेखिएपछि उनि टपबाट नै बाहिरिएको अनुमान लगाइएको छ। ‘कमेडी च्याम्पिएन’ विजेताले २५ लाख नगद र एउटा कार प्राप्त गर्नेछन् ।भोटिङको आधारमा बनेको कार्यक्रममा स्याङजाली कमेडियन मेक्सम गौडेलले यो हप्ता कम भोट प्राप्त गरेका कारण बाहिरीएकाे बताइएकाे छ ।

शोमा उनी ‘मेलोबाबा’ उपनामले चिनिन्थे । कार्यक्रममा उनले भाइरल बाबा, सेलिब्रेटीको लाइफ स्टायल, टिकट पाउने नेता जस्ता प्रस्तुति दिएका थिए । हास्यकलाकार सन्तोष पन्त, मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र चलचित्र निर्देशक प्रदीप भट्टराई ‘कमेडी च्याम्पियन’ को निर्णायकमा छन् ।अभिनेत्री रिमा विश्कर्माले होस्ट गरिरहेको ‘कमेडी च्याम्पियन’ लाई विशाल भण्डारीले निर्देशन गरेका छन्।

Leave a Reply

Your email address will not be published.

Back to top button