बैतडीमा जिप दुर्घटना


बैतडी, ११ फागुन । बैतडीमा जिप दुर्घटना हुदा २ जाना घाइते भएका छन् । जिल्लाको पाटन नगरपालिका ३ स्थित धुरा भन्ने स्थानमा शनिबार राति से १ ज २१३ नं को जिप दुर्घटना हुँदा पाटन नगरपालिका- ८ आरुबाटाका अन्ताजी २६ वर्षीय गणेश महरा र पाटन ८ कै रिसेडीका अन्ताजी २३ वर्षीय चालक लोकेश मडै घाइते भएका हुन् ।

शनिबार राति ११ बजे पाटन ३ धुरा भन्ने ठाँउबाट फर्किने क्रममा जिप दुर्घटनामा परेको खोड्पे प्रहरी चौकीका इन्चार्ज रामदत्त भट्टले जानकारी दिनुभयो ।

घाइते मडै र महरालाई डडेल्धुरा उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको छ । जिपमा २ जाना मात्रै रहेको र दुर्घटना के कसरी भएको हो भन्नेबारे थाहा नभएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.

Back to top button