कोरोना पुष्टि भएका संसद सचिवालयका उपसचिव खनालको अस्पताल लैजाँदै गर्दा मृत्यु


काठमाडौ । कोरोना पुष्टि भएर अस्पताल भर्ना गर्न लैजादै गर्दा प्रतिनिधि सभा संसद सचिवालयका उपसचिव कृष्णराज खनालको मृत्यु भएको छ। उनलाई बुधवार गरिएको कोरोना परिक्षणमा पुष्टि भएको थियो । संसद बैठक बस्नु अघि सांसद र सचिवालयका सबै कर्मचारीको कोरोना परिक्षण गरिएको थियो । केही कर्मचारीमा कोरोना पुष्टि भएका मध्य खनाल पनि एक थिए ।

शुक्रबार बिहान कलंकीस्थित शहिद ममोरियल अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको संसद सचिवालयले जनाएको छ। बुधबार गरिएको परीक्षणमा चार सांसद र सचिवालयका तीन कर्मचारीमा संक्रमण पुष्टि भएको थियो।

कोरोना पुष्टि भएपछि खनाल चन्द्रागिरी–१२ स्थित घरमै आइसोलेसनमा बसेका थिए । शुक्रवार अचानक उनको स्वास्थ्यमा समस्या उत्पन्न भएपछि अस्पताल लगिएको थियो । शुक्रवार विहान अस्पताल लैजाने क्रममा वाटोमै निधन भएको बताइएको छ । वैशाख २७ गते संसद वैठक बोलाइएपछि सांसद र सचिवालयका कर्मचारीको पनि कोरोना परीक्षण गरिएको थियो। प्रधानमन्त्री ओलीले विश्वासको मत लिने घोषणा पछि बैशाख २७ का लागि संसद बैठक बोलाइएको थियो । इताजाखबर बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close