भारतमा कोरोनाको औषधी बोकेको विमान दुर्घटना


एजेन्सी । भारतमा कोरोनाको महामारी फैलिएसंगै विरामी र औषधी एक शहरवाट अर्कोमा लैजान थालिएको छ । कोरोना संक्रमितले एउटा ठाउँको अस्पताल भरिए अर्को अस्पतालमा विमान मार्फत लगिने गरेको छ । यस्तैमा कोरोनाको औषधी बोकेको भारतीय विमान विहिवार राती दुर्घटनामा परेको छ । भारतको मध्य प्रदेशमा रे म्डे सिभिर इ न्जे क्सन बोकेको विमान दुर्घटना भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार ग्वालियर विमानस्थलमा अवतरण गर्ने क्रममा विमान दुर्घटना भएको हो । विमान अवतरण गर्ने क्रममा रनवेमा चिप्लिएको हो । दुर्घटनामा विमानका चालक र सहचालकलाई सामान्य चोट मात्र लागेको छ। साथै औषधी पनि सुरक्षित रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

ग्वालियर जिल्लाका प्रहरी अधिक्षक अमित सांघीका अनुसार बिहीबार राति साढे ८ बजेतिर दुर्घटना भएको हो। उनले भने, ‘अवतरण क्रममा विमान रनवेबाट थोरै चिप्लिएको हो।’

त्यस्तै विहिवार नै अर्को एक विमान पनि आकस्मिक अवतरण गराइएको छ । भारतको मुम्बईमा एक एयर एम्बुलेन्स आकस्मिक अवतरण गरेको छ । नागपुरबाट उडान भरेपछि पाङ्ग्रा भाँचिएको एयर एम्बुलेन्स विहीबार राति मुम्बई एयरपोर्टमा आकस्मिक अवतरण गरेको हो ।

एयर एम्बुलेन्समा दुईजना क्रू मेम्बर, एकजना बिरामी, बिरामीका एकजना आफन्त र एकजना डाक्टर थिए । स्थानीय प्रशासनका अनुसार सो हवाईजहाज नागपुरबाट हैदरावाद जाँदै थियो । प्राविधिक समस्या आएपछि क्याप्टेनले फूल इमरजेन्सी घोषणा गरेका थिए ।

सो जहाजलाई बिहीबार राति भारतीय समयअनुसार ९ बजेर ९ मिनेटमा मुम्बईको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलमा बेली–ल्याण्डिङ गराइएको थियो । नागरिक उड्डयनमन्त्री हरदीप सिंह पुरीले यस घटनाको जानकारी ट्वीटरमार्फत् दिएका छन् ।

आकस्मिक अवतरणको क्रममा विमानमा आगो नलागोस् भनेर धावनमार्गमा फोम राखिएको थियो । साथै उद्धारकर्मीहरुलाई तयारी अवस्थामा राखिएको थियो । त्यसपछि सफलतापूर्वक विमानलाई अवतरण गराइएको बीबीसीले जनाएको छ । सो एयर एम्बुलेन्समा रहेका विरामीलाई मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close