बाँकेमा ७ घण्टामा थप ८ संक्रमितको मृत्यु


बाँके । बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दिनहुँ बढ्दै गएको छ । पछिल्लो ७ घण्टामा मात्रै बाँकेमा कोरोनाबाट ८ जनाको मृत्यु भएको छ ।

बिहीबार राति र शुक्रबार बिहान भेरी अस्पतालमा उपचाररत कोरोना संक्रमितहरूकाे मृत्यु भएकाे काेरोना फोकल पर्सन तेज ओलीले जानकारी दिनुभयो ।

ओलीका अनुसर बारबर्दिया-६ बर्दियाका ४७ वर्षीय पुरुष र टिकापुर-२ कैलालीका ४८ वर्षीया महिलाकाे बिहीबार राति ११ बजे, नेपालगञ्ज उपमहानगरपालिका-६ का ३४ वर्षीय पुरुषको साढे १ बजे भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

नेपालगञ्ज उमनपा-१८का ५६ वर्षीया महिलाको पनि भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको फोकल पर्सन ओलीले जानकारी गराउनुभयो । उनको शुक्रबार राति २ बजे मृत्यु भएको थियो ।

यस्तै नेपालगञ्ज उमनपा-३ का ५२ वर्षीय पुरुषको शुक्रबार विहान ३ बजे, नेपालगञ्ज उमनपा-१२ का ६० वर्षीया महिलाको विहान साढे ३ बजे मृत्यु, नेपालगञ्ज उमनपा-१० का ५४ वर्षीया महिलाको विहान ६ बजे मृत्यु भएको छ ।  नेपालगञ्ज उमनपा -६ का ५४ वर्षीय पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको  ओलीले जानकारी दिनुभयो ।

हालसम्म बाँकेमा मृतकको संख्या १६९ पुगेको छ भने बाँके जिल्लामा उपचारका क्रममा आएका वाहिरी जिल्लाका १३० जनाको उपचारका क्रममा मृत्यु भएको ओलीले जानकारी गराउनुभयो । न्युज24नेपाल बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close